होन्डुरसको महिला कारागारमा हिंसा हुँदा ४१ कैदीको मृत्यु « Khabarhub

होन्डुरसको महिला कारागारमा हिंसा हुँदा ४१ कैदीको मृत्यु


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तेगुसिगाल्पा- मध्य होन्डुरसको महिला कारागारमा भएको हिंसामा परी ४१ जना कैदीको मृत्यु भएको छ ।

सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश मृतकलाई जलाइएको छ भने अन्यलाई गोली लागेको छ ।

मोराका अनुसार अनुसन्धानकर्ताहरूले राजधानी तेगुसिगाल्पा नजिकैको तमारामा रहेको सुधार केन्द्रको अवलोकन पछि मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

होन्डुरसका सुरक्षा उपमन्त्री तथा होन्डुरस पेनिटेन्टरी सिस्टमका प्रमुख जुलिसा भिल्लानुएभाले पत्रकार सम्मेलनमा भने, “मानवीय क्षतिबाट हामी मर्माहत भएका छौं । हाम्रो देशको दण्ड प्रणालीलाई सङ्गठित अपराधले ‘अपहरण’ गरेको छ ।”

होन्डुरसमायस्तै घटना सन् २०१९ मा पनि भएकोे थियो, जहाँ दुई पुरुष जेलमा भएको झडपमा गिरोहका ४० सदस्यको मृत्यु भएको थियो ।

न्युयोर्क टाइम्सका अनुसार मङ्गलबार मृत्यु हुनेको सङ्ख्याले मध्य अमेरिकी देशको जेलमा भएको यो सबैभन्दा घातक दङ्गा हो । हालैका वर्षहरूमा महिला कारागारमा हत्याका घटनाहरू बढेका छन् ।

होन्डुरसमा दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनहरू, ‘एट्टिन्थ स्ट्रिट’ गिरोह र एमएस–१३ गिरोहका महिला सदस्यहरूबीचको मुठभेडको क्रममा धेरै कैदीहरूको घाँटी थिचेर हत्या गरिएको छ वा छुरा प्रहार गरिएको छ ।

राष्ट्रपति सिओमारा क्यास्ट्रोले घटनाबाट आफू स्तब्ध भएको बताउँदै जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउन कडा कदम चाल्ने प्रतिबद्धता जनाएकी छिन् ।

उनले ट्वीटरमा लेखेकी छिन्, “कानून कार्यान्वयन गर्ने अधिकारीहरूको पूर्ण दृष्टिमा गिरोहहरूले दङ्गाको योजना बनाएका थिए ।

‘ह्युमन राइट्स वाच’ ले सन् २०२१ मा होन्डुरसबारे तयार पारेको एउटा प्रतिवेदनमा भनिएको थियो, “जेलमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, सरसफाइको कमी, कुटपिट, अन्तर–गिरोह हिंसा र कैदीहरूको हत्याहरू व्याप्त छन् ।”

द न्युयोर्क टाइम्सका अनुसार होन्डुरसको सामाजिक अनुकूलनका लागि राष्ट्रिय महिला कारागारमा करिब ८०० कैदीबन्दी रहेका छन् । सन् २०२० मा ‘इन्टर अमेरिकन कमिसन अन ह्युमन राइट्स’ ले होन्डुरसका जेलहरूमा महिलाहरूको सुविधासहित ‘धेरै हिंसात्मक घटनाहरू’ रेकर्ड गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : ५५ बजे

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार

बरु २५ वर्ष जेल बस्छौँ, मानव अधिकारविरुद्धका कानुन स्वीकार्दैनौँ : धवलशमशेर राणा

काठमाडौं– राप्रपा परित्याग गरी नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका

कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेविस्थित नयाँ कार्यालयबाट काम गर्ने

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षले आगामी असार २२ गतेदेखि चुनदेविस्थित