होन्डुरसको महिला कारागारमा हिंसा हुँदा ४१ कैदीको मृत्यु | Khabarhub Khabarhub

होन्डुरसको महिला कारागारमा हिंसा हुँदा ४१ कैदीको मृत्यु


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तेगुसिगाल्पा- मध्य होन्डुरसको महिला कारागारमा भएको हिंसामा परी ४१ जना कैदीको मृत्यु भएको छ ।

सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश मृतकलाई जलाइएको छ भने अन्यलाई गोली लागेको छ ।

मोराका अनुसार अनुसन्धानकर्ताहरूले राजधानी तेगुसिगाल्पा नजिकैको तमारामा रहेको सुधार केन्द्रको अवलोकन पछि मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

होन्डुरसका सुरक्षा उपमन्त्री तथा होन्डुरस पेनिटेन्टरी सिस्टमका प्रमुख जुलिसा भिल्लानुएभाले पत्रकार सम्मेलनमा भने, “मानवीय क्षतिबाट हामी मर्माहत भएका छौं । हाम्रो देशको दण्ड प्रणालीलाई सङ्गठित अपराधले ‘अपहरण’ गरेको छ ।”

होन्डुरसमायस्तै घटना सन् २०१९ मा पनि भएकोे थियो, जहाँ दुई पुरुष जेलमा भएको झडपमा गिरोहका ४० सदस्यको मृत्यु भएको थियो ।

न्युयोर्क टाइम्सका अनुसार मङ्गलबार मृत्यु हुनेको सङ्ख्याले मध्य अमेरिकी देशको जेलमा भएको यो सबैभन्दा घातक दङ्गा हो । हालैका वर्षहरूमा महिला कारागारमा हत्याका घटनाहरू बढेका छन् ।

होन्डुरसमा दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनहरू, ‘एट्टिन्थ स्ट्रिट’ गिरोह र एमएस–१३ गिरोहका महिला सदस्यहरूबीचको मुठभेडको क्रममा धेरै कैदीहरूको घाँटी थिचेर हत्या गरिएको छ वा छुरा प्रहार गरिएको छ ।

राष्ट्रपति सिओमारा क्यास्ट्रोले घटनाबाट आफू स्तब्ध भएको बताउँदै जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउन कडा कदम चाल्ने प्रतिबद्धता जनाएकी छिन् ।

उनले ट्वीटरमा लेखेकी छिन्, “कानून कार्यान्वयन गर्ने अधिकारीहरूको पूर्ण दृष्टिमा गिरोहहरूले दङ्गाको योजना बनाएका थिए ।

‘ह्युमन राइट्स वाच’ ले सन् २०२१ मा होन्डुरसबारे तयार पारेको एउटा प्रतिवेदनमा भनिएको थियो, “जेलमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, सरसफाइको कमी, कुटपिट, अन्तर–गिरोह हिंसा र कैदीहरूको हत्याहरू व्याप्त छन् ।”

द न्युयोर्क टाइम्सका अनुसार होन्डुरसको सामाजिक अनुकूलनका लागि राष्ट्रिय महिला कारागारमा करिब ८०० कैदीबन्दी रहेका छन् । सन् २०२० मा ‘इन्टर अमेरिकन कमिसन अन ह्युमन राइट्स’ ले होन्डुरसका जेलहरूमा महिलाहरूको सुविधासहित ‘धेरै हिंसात्मक घटनाहरू’ रेकर्ड गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : ५५ बजे

रास्वपा बैठकमै नगएका गणेश कार्की भन्छन्: बाबुराम, कुलमान र बालेनलाई भित्र्याउने गरी लागिरहेको छु (अन्तर्वार्ता)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्की पछिल्लो केही साता

भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको रास्वपाको स्वीकार

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विस्तारित बैठकमा कार्यवाहक

हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडकखण्डमा आज दिउँसो

झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा

झापा – शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप