१० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न भरतपुर महानगरको निर्देशन « Khabarhub

१० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न भरतपुर महानगरको निर्देशन


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले संस्थागत विद्यालयहरूलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ ।

महाशाखाले आज एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा भर्ना भएका कूल विद्यार्थीको १० प्रतिशत नघट्ने गरी तोकिए बमोजिम असार १५ भित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

सूचनामा विपन्न, गरिब, दलित, जनजाति, महिला, अपाङ्ग र जेहनदार विद्यार्थीको नामावलीसहितको विवरण शैक्षिक प्रशासन महाशाखामा बुझाउन भनेको छ । निर्देशनमा तोकिएको समयमा नामावली नबुझाएमा नियम अनुसार कारबाही हुने पनि जनाइएको छ ।

यस वर्ष छात्रवृत्ति उपलब्ध गराउन बाँकी रहेका र विवरण पेस गर्न बाँकी रहेका संस्थागत विद्यालयलाई महानगरले भरतपुर महानगरपालिका शिक्षा ऐन र छात्रवृत्ति कार्यान्वयन कार्यविधि अनुसार निर्देशन दिएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ०८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले