१० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न भरतपुर महानगरको निर्देशन « Khabarhub

१० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न भरतपुर महानगरको निर्देशन


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले संस्थागत विद्यालयहरूलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ ।

महाशाखाले आज एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा भर्ना भएका कूल विद्यार्थीको १० प्रतिशत नघट्ने गरी तोकिए बमोजिम असार १५ भित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

सूचनामा विपन्न, गरिब, दलित, जनजाति, महिला, अपाङ्ग र जेहनदार विद्यार्थीको नामावलीसहितको विवरण शैक्षिक प्रशासन महाशाखामा बुझाउन भनेको छ । निर्देशनमा तोकिएको समयमा नामावली नबुझाएमा नियम अनुसार कारबाही हुने पनि जनाइएको छ ।

यस वर्ष छात्रवृत्ति उपलब्ध गराउन बाँकी रहेका र विवरण पेस गर्न बाँकी रहेका संस्थागत विद्यालयलाई महानगरले भरतपुर महानगरपालिका शिक्षा ऐन र छात्रवृत्ति कार्यान्वयन कार्यविधि अनुसार निर्देशन दिएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ०८ बजे

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न