पत्रकारिता मानवअधिकारप्रति जिम्मेवार हुनुपर्छ : निर्देशक झा | Khabarhub Khabarhub

पत्रकारिता मानवअधिकारप्रति जिम्मेवार हुनुपर्छ : निर्देशक झा


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय समाचार समिति राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता जनमैत्री र मानवअधिकारप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।

राससको सहकार्य तथा आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामको आयोजनामा मङ्गलबारदेखि पर्साको वीरगञ्जमा सञ्चालित सञ्चारकर्मीका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमको आज समापन गर्दै उनले राससलाई स्थानीय जनताससम्म लैजानका लागि पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताए ।

मधेस प्रदेशमा बोलीने स्थानीय भाषाहरू संरक्षण र सम्वर्द्धनका लागि राससबाट बुलेटिन प्रकाशन गर्नका लागि सरकारले ध्यान दिनुपर्नेमा अध्यक्ष झाले जोड दिए ।

उनले मधेश प्रदेश सरकार र जनताबीचको पुलको काम गर्न आगामी दिनमा राससले विशेष ध्यान दिने बताए । अध्यक्ष झाले राससलाई अन्तर्राष्ट्रियस्तरको समाचार एजेन्सी बनाउन डिजिटल प्रविधिमा आफ्नो ध्यान गरेको जानकारी दिए ।

रासस देशको जिम्मेवार संस्था भएको चर्चा गर्दै उनले समाज परिवर्तनका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष झाले रासस देश र जनताको माध्यम भएकाले जनहितमा काम गर्ने औजारलाई सबल बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : १३ बजे

पत्रकार पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलास बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।