पत्रकारिता मानवअधिकारप्रति जिम्मेवार हुनुपर्छ : निर्देशक झा « Khabarhub

पत्रकारिता मानवअधिकारप्रति जिम्मेवार हुनुपर्छ : निर्देशक झा


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय समाचार समिति राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता जनमैत्री र मानवअधिकारप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।

राससको सहकार्य तथा आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामको आयोजनामा मङ्गलबारदेखि पर्साको वीरगञ्जमा सञ्चालित सञ्चारकर्मीका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमको आज समापन गर्दै उनले राससलाई स्थानीय जनताससम्म लैजानका लागि पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताए ।

मधेस प्रदेशमा बोलीने स्थानीय भाषाहरू संरक्षण र सम्वर्द्धनका लागि राससबाट बुलेटिन प्रकाशन गर्नका लागि सरकारले ध्यान दिनुपर्नेमा अध्यक्ष झाले जोड दिए ।

उनले मधेश प्रदेश सरकार र जनताबीचको पुलको काम गर्न आगामी दिनमा राससले विशेष ध्यान दिने बताए । अध्यक्ष झाले राससलाई अन्तर्राष्ट्रियस्तरको समाचार एजेन्सी बनाउन डिजिटल प्रविधिमा आफ्नो ध्यान गरेको जानकारी दिए ।

रासस देशको जिम्मेवार संस्था भएको चर्चा गर्दै उनले समाज परिवर्तनका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष झाले रासस देश र जनताको माध्यम भएकाले जनहितमा काम गर्ने औजारलाई सबल बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : १३ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक