कृषि क्रान्तिको अधुरो कार्यभार समाजवादी क्रान्तिले पूरा गर्छ : महासचिव गुरुङ « Khabarhub

कृषि क्रान्तिको अधुरो कार्यभार समाजवादी क्रान्तिले पूरा गर्छ : महासचिव गुरुङ


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपालमा कृषि क्रान्तिको कार्यभार अधुरो रहेको बताउँदै समाजवादी क्रान्तिले मात्रै पूरा गर्ने बताएका छन् ।

संवाद डबलीमा आज अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्रले ४६ औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३२ औँ किसान सङ्घर्ष दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा गुरुङले अहिलेको कृषि क्रान्तिकारीको कार्यभार वित्तीय एकाधिकार पुँजीवादविरुद्धको सङ्घर्ष भएको बताए ।

“कृषि क्रान्तिको कार्यभार अझै अधुरो नै छ । कृषि क्रान्तिको कार्यभार अन्ततः समाजवादी क्रान्तिले मात्रै पूरा गर्न सक्छ, अहिलेको कृषि क्रान्तिको कार्यभार भनेको वित्तीय दलाल पुँजीवादविरुद्धको सङ्घर्ष प्रमुख रहेको छ”, गुरुङले भने । देशलाई स्वाधिन अर्थतन्त्र निर्माणको लागि कृषि क्रान्तिको विकल्प नभएको उनको भनाइ थियो । नेता गुरुङले कृषिमा आधुनिकीकरण, औजारीकरणसँगै नयाँ ढङ्गको उत्पादन प्रणालीको विकल्प नभएको बताए ।

उनले भूमि सुधारको कार्यक्रमलाई सुधार गर्दै भूउपयोगको नीतिलाई अवलम्बन गरेर मौलिकरुपमा कृृषि क्रान्ति पूरा गर्नुपर्ने आवश्यकता औँलयाए । कृषि प्रधान देश भनिएको तर कुनै कृषि वस्तुमा पनि आत्मनिर्भर नभएको बताउँदै गुरुङले वित्तीय एकाधिकार पुँजीवादले स्वादेशी उत्पादनलाई विस्थापित गरेको बताए ।

उनले विभिन्न कम्पनीको नामबाट भूमि वित्तीय एकाधिकार पुँजीपतिको हातमा पुगेको बताए । भूमि राज्य र किसानको हातमा आएसम्म कृषि क्रान्ति सम्भव नभएको बताउँदै गुरुङले त्यसको लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ९ : ४९ बजे

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले