नेपाल र चीनबीच कृषिसँग सम्बन्धित सीप आदान-प्रदान गर्ने समझदारी | Khabarhub Khabarhub

नेपाल र चीनबीच कृषिसँग सम्बन्धित सीप आदान-प्रदान गर्ने समझदारी


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र चीनबीच कृषिसँग सम्बन्धित प्रविधि विकास तथा सीपको आदान–प्रदान गर्ने समझदारी भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र चीनको सिचुवान एकेडेमी अफ एग्रिकल्चर साइन्स (सास)का बीचमा बिहीबार सहमति भएको हो ।

नार्कका कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराई र सासका उपाध्यक्ष डा लेओ योङहङबीच प्रविधि विकास र सीप आदान-प्रदान गर्न समझदारी भएको हो । दुई देशका कृषक एवं कृषिको विकासका लागि विकास गरिएका प्रविधि प्रदर्शन, स्थानान्तरण तथा प्रवर्द्धन गरिने छ ।

यही सम्बन्धमा खुमलटारस्थित नार्कको केन्द्रीय कार्यालयमा नार्क र सासको उच्चस्तरीय प्रतिनिधिमण्डलका बीचमा भेटघाट एवं छलफल भएको नार्कका कार्यकारी निर्देशक डा भट्टराईले जानकारी दिए। ‘एकअर्काको अनुसन्धानका बारेमा बुझ्दै कृषि क्षेत्रको विकासबारे छलफल गरेर गुणस्तरीय उत्पादन बढाउँदै जाने विषयमा समझदारी भएको छ’, उनले भने ।

सोही क्रममा सासका उपाध्यक्ष डा लेओले नेपाली अनुसन्धानकर्ता र प्राविधिकलाई उच्चस्तरीय कृषि प्रविधि सम्बन्धी तालिम प्रदान गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली अनुसन्धानकर्तालाई चाँडै नै चीन लगेर मकै र सखरखण्डको उत्पादनका साथै प्रविधिको बारेमा तालिम दिइने उनले बताए। सासका उपाध्यक्ष डा लेओको नेतृत्वमा टोली तीनदिने नेपाल भ्रमणमा आएको छ ।     

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  १० : ३५ बजे

लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय सङ्घीय समितिमा लैजाने

लुम्बिनी– लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११

पाकिस्तानको शाहिन्सद्वारा नेपालका लागि एक सय ४५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा

छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार

काठमाडौं- छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कार-२०८१

‘उड्ने कार ल्यायौँ, अब ट्राइफिबियस कार बन्दैछ’

काठमाडौँ – अहिले भृकुटीपण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले आयोजना गरेको

मुख्यमन्त्री सिंह एक साताका लागि मलेसिया जाँदै

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताका लागि शुक्रबार