सीसीक्यामेराले अपराध अनुसन्धानमा सहज « Khabarhub

सीसीक्यामेराले अपराध अनुसन्धानमा सहज


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

बलेवा– गत असार २५ गते बागलुङ बजार नजिकै अपरिचित व्यक्तिबाट बलात्कृत भएको भन्दै कास्कीको पोखरा महानगरपालिकाकी एक युवतीले प्रहरीमा जाहेरी दिइन् । बागलुङ नगरपालिका–१ मालढुङ्गा नजिकैको जङ्गलमा बलात्कृत भएको प्रहरीमा दर्ता भएको जाहेरीमा उल्लेख छ ।

हुलियासमेत राम्रोसँग याद नगरेकी युवतीको जाहेरीपछि प्रहरीले आरोपीको खोजी गर्न थाल्यो । तर एकै दिनमा आरोपी फेला पर्नेमा प्रहरी ढुक्क थिएन । युवतीले बलात्कार गर्ने व्यक्ति युवा भएको बताएकी थिइन् । पीडितलाई न्याय दिलाउन प्रहरीले अनुसन्धान थाल्यो । प्रहरीको अनुसन्धानको सारथी बन्यो मालढुङ्गामा जडान गरिएको सीसीक्यामेरा ।

मालढुङ्गा नजिकैको जंगल घटनास्थल भएकाले प्रहरीले त्यही क्षेत्रमा शंकास्पद व्यक्तिको खोजी थाल्यो । बलात्कार गरेका व्यक्ति त्यहाँबाट फरार भइसकेको भए पनि युवतीले दिएको सामान्य हुलियाका आधारमा सीसीक्यामेराकाे मद्दतमा आरोपी फेला परे । ‘शंकास्पद व्यक्तिबारे सिसीक्यामेराबाटै जानकारी लियौँँ’, प्रहरी निरीक्षक राजाराम खड्काले भने– ‘श्रव्यदृश्य र तस्बिरकै आधारमा हामी आरोपी नजिकै पुग्यौँ ।’ गत असार २६ गते गुल्मीको कालीगण्डकी गाउँपालिका–७ छापचौरका २८ वर्षीय विमल हमाल बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराबाट पक्राउ परे ।

सुरुआतमा केरकार गर्दा आरोप अस्वीकार गरेका हमालले सीसीक्यामेराकाे श्रव्यदृश्य देखाएपछि अपराध स्वीकार गरेको प्रहरी निरीक्षक खड्काले बताए । अहिले उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप भएर अनुसन्धान भइरहेको छ ।

प्रहरीलाई सीसीक्यामेराले सघाएको यो पहिलो घटना भने होइन । केही महिनाअघि बागलुङ नगरपालिका–१ माझीबस्तीकी फूलमाया माझीको हत्यामा संलग्नलाई पनि प्रहरीले सिसीक्यामेराकै मद्दतमा पक्राउ गरेको थियो । लामो समयपछि बागलुङ बजारभित्र सीसीक्यामेरा व्यवस्थापन गर्ने काम भएपछि अपराध अनुसन्धान र नियन्त्रणमा सहज भएको उनले बताए ।

बागलुङ नगरपालिका र उद्योग वाणिज्य सङ्घ तथा सुरक्षा निकायको सहकार्यमा बजार क्षेत्रमा सीसीक्यामेरा जडान गर्न थालिएको हो । गत आर्थिक वर्षमा बागलुङ नगरपालिकाको रु १२ लाख अनुदान र उद्योग वाणिज्य सङ्घको तीन लाख ५० हजारको लागतमा बजार भित्रिने र बाहिरिने मुख्य नाका तथा मुख्य चोकमा १३ सीसीक्यामेरा जडान गरिएका छन् ।

चालु आर्थिक वर्षमा थप १४ सीसीक्यामेरा जडानका लागि काम भइरहेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए। ‘बैंकले १४ क्यामेराका लागि सहयोग गरेको छ, छिट्टै काम सकिन्छ’, उनले भने। बागलुङ बजारमा एक सय ८६ सिसीक्यामेरा जडान गर्ने योजना छ । बागलुङ–१ मालढुङ्गाबाट वडा नं ४ को तिरुपति चोकसम्म १५ लाख खर्चेर फाइवर बिछ्याउनेछ काम सकिएको कँडेलले बताएका छन्। बहुवर्षीय योजना भएकाले क्रमैसँग क्यामेरा जडान हुने उनले बताए ।

‘प्रहरी कार्यालयमा कन्ट्रोल रुम बनाउनेदेखि फाइवर बिछ्याउनेसम्मका काम भइसकेका छन्’, कँडेलले भने। बागलुङ बजारको शान्ति सुरक्षालाई ध्यानमा राखेर बजारका विभिन्न चोकमा सीसीक्यामेरा जडान गर्ने प्रक्रिया अघि बढेको छ । यसअघि बागलुङ बजारमा जडान भएका २९ सीसीक्यामेरा प्रयोगविहीन छन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत्का पोल स्थानान्तरण गर्ने क्रममा बिग्रिएका र निकालिएका सीसीक्यामेरा पुनः जडान हुन नसक्दा बागलुङ बजारमा हुने आपराधिक घटनाको अनुसन्धानमा समस्या हुँदै आएको थियो । बागलुङ–४ उपल्लाचौर र पाखाथरमा समेत मुख्य चोकमा सीसीक्यामेरा जडान गर्ने योजना छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ११ : १५ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक