पर्सामा नयाँ उद्योग दर्तामा कमी « Khabarhub

पर्सामा नयाँ उद्योग दर्तामा कमी


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सामा आर्थिक वर्ष २०७९-०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९-८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकि आव २०७८-८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो । 

आव २०७९-८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको सङ्ख्या भने बढेको छ । सो कार्यालयका अनुसार आव २०७९-८० मा एक सय ७७ वटा उद्योगको लगतकट्टा गरिएको छ भने अघिल्लो आव २०७८-७९ मा एक सय ५२ उद्योगको लगतकट्टा भएको थियो ।

विश्वव्यापीरूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायतका कारणले नयाँ उद्योग दर्तामा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख धनञ्जयकुमार सिंहले बताए। 

आव २०७९-८० मा एक हजार दुई सय ७५ उद्योगको नवीकरण, एक सय ६५ वटाको पुँजी वृद्धि, ३३ वटाको ठाउँसारी, ८४ वटाको नामसारी गरिएको सो कार्यालय जनाएको छ । ती शीर्षकबाट आव २०७९-८० मा रु एक करोड छ लाख ३९ हजार दुई सय ५० राजस्व संकलन भएको प्रमुख सिंहले जानकारी दिए । 

उक्त आवमा छ सय ५४ पुरुष र चार सय ५० महिला गरी एक हजार एक सय चार उद्यमी थपिएका छन् भने तीन हजार दुई सय ४७ पुरुष र एक हजार दुई सय १३ महिला गरी चार हजार चार सय ६० जनाले रोजगारी पाएको प्रमुख सिंहको भनाइ छ । आव २०७९-८० मा उद्यमी सिर्जना तथा सीप विकास, स्केलअप र भगत सर्वजित तालिम कार्यक्रमअन्तर्गत तीन सय ६२ पुरुष र ९८ महिला गरी चार सय ६० जनालाई सीपमूलक तालिम दिइएको प्रमुख सिंहले बताए । 

यससँगै पर्सा जिल्लामा पछिल्लो छ वर्षको अवधिमा सात हजार दुई नयाँ उद्योग थपिएका छन् । गत आव २०७४-७५ देखि आव २०७९-८० सम्ममा सेवामूलक उद्योग, कृषि तथा वन्यजन्य, उत्पादन उद्योग र पर्यटन गरी सात हजार दुई नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय वीरगन्ज पर्साले जनाएको छ ।

गत आव २०७४-७५ देखि आव २०७९-८० सम्मको अवधिमा नयाँ उद्योग दर्ता, उद्योगको नवीकरण र उद्योगको लगतकट्टालगायतका शीर्षकबाट छ करोड ९७ लाख ९२ हजार सात सय ८० राजस्व संकलन भएको कार्यालय प्रमुख सिंहले बताए । 

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ११ : ३४ बजे

विश्वकपमा मेसीको ह्याट्रिकले रोनाल्डोको रेकर्ड तोडियो

काठमाडौँ – सन् २०२२ को कतार विश्वकप जितेपछि कप्तान लियोनेल

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ