संसदीय उपसमितिको म्याद १५ दिन थप | Khabarhub Khabarhub

संसदीय उपसमितिको म्याद १५ दिन थप


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदको कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक टुंग्याउन उपसमितिको म्याद १५ दिन थपेको छ ।

शुक्रबार बसेको समितिको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको हो ।

टिआरसी विधेयकमा संशोधनकर्ता, सरोकारवालासँग छलफल गरिसकेको र प्रतिवेदन तयार गर्न बाँकी रहेकाले म्याद थप गर्न उपसमितिले आग्रह गरेको थियो । सोहीअनुसार समितिले शुक्रबार १५ दिन उपसमितिको म्याद थप गरेको हो ।

गत ५ जेठमा टिआरसी विधेयकमा दफावार छलफल गरि प्रतिवेदन बुझाउने गरी २१ दिनको समय दिएर ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।

तर, प्रतिवेदन तयार गर्न समय नपुगेको भन्दै उपसमितिले म्याद थपका लागि आग्रह गरेको थियो । सोहीअनुसार शुक्रबार बसेको समिति बैठकले १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी उपसमितिका १५ दिन म्याद थपेको हो ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  १ : ५१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’