सुन तस्करीमा नाम जोडिएकाले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्नुपर्छ : कांग्रेस नेता बस्नेत « Khabarhub

सुन तस्करीमा नाम जोडिएकाले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्नुपर्छ : कांग्रेस नेता बस्नेत


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करीमा नाम जोडिएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुपर्ने बताएका छन् ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आएको भन्दै अब गृहमन्त्रीको राजीनामा माग्न जान पार्टीका नेतालाई चुनौती दिएका छन् । बालकृष्ण खाणलाई पक्राउ गरेकोमा गृहमन्त्रीलाई धन्यवाद दिन जाने कांग्रेस केन्द्रीय सदस्यहरूलाई सुन तस्करीमा नाम मुछिएका गृहमन्त्रीको राजीनामा माग्न जान उनले चुनौती दिएका हुन् ।

कांग्रेस नेता पक्राउ पर्दा गृहमन्त्री पुगेका कांग्रेस नेताहरुलाई चुनौती दिँदै उनले भने, ‘साथीहरु गृहमन्त्रीकोमा जानु भएको थियो । आज म पनि जान्छु । जाउँन त, नारायणकाजीको नाम आइसकेको छ । उहाँको विषयमा राजीनामा माग्न जाउँ । को को मान्छे हो सुन तस्करीमा परेका छन्, छानबिन हुनुपर्‍यो । तीन महिनाभित्र २९ पटक सुन आएको छ नेपालमा, सय सय केजीको दरले । अब हाम्रो साथीहरु गृहमन्त्रीकोमा जाने कि नजाने ? म यो प्रश्न गर्न चहान्छु ।’

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ३ : १४ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा