हाम्रो समस्यामा सरकार गम्भीर भएन : निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह « Khabarhub

हाम्रो समस्यामा सरकार गम्भीर भएन : निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यसायीहरुको समस्यामा सरकार गम्भीर नभएको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंमा महासंघको राष्ट्रिय भेलामा सिंहले माइलस्टोनको व्यवस्था, भुक्तानीको समस्या तथा मूल्य समायोजनलगायतका विषयमा सरकार गम्भीर हुन नसकेको गुनासो गरेका हुन् ।

उनले सरकारले एकतर्फी रुपमा लगाएको माइलस्टोन पूरा गर्न नसक्दा लक्ष्य पूरा गर्न नसकेको र भुक्तानी पनि हुन नसकेको जिकिर गरे ।

माइलस्टोन अव्यवहारिक भएको विषय प्रधानमन्त्रीलगायत सरोकारवाला सबैलाई जानकारी गराउँदा पनि कुनै सम्बोधन नभएको उनको भनाइ छ । सिंहले मूल्यवृद्धिको समेत मारमा परेकाले निर्माण कार्यलाई सहज रुपमा अघि बढाउन कठिन भएको पनि बताए ।

भेलामा सहभागी निर्माण व्यवसायीहरुले सम्पन्न भएका आयोजनाहरुको भुक्तानी समयमा नहुँदा समस्या उत्पन्न भएको धारणा राखेका थिए ।

 

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ४ : ०८ बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता