हाम्रो समस्यामा सरकार गम्भीर भएन : निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह « Khabarhub

हाम्रो समस्यामा सरकार गम्भीर भएन : निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यसायीहरुको समस्यामा सरकार गम्भीर नभएको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंमा महासंघको राष्ट्रिय भेलामा सिंहले माइलस्टोनको व्यवस्था, भुक्तानीको समस्या तथा मूल्य समायोजनलगायतका विषयमा सरकार गम्भीर हुन नसकेको गुनासो गरेका हुन् ।

उनले सरकारले एकतर्फी रुपमा लगाएको माइलस्टोन पूरा गर्न नसक्दा लक्ष्य पूरा गर्न नसकेको र भुक्तानी पनि हुन नसकेको जिकिर गरे ।

माइलस्टोन अव्यवहारिक भएको विषय प्रधानमन्त्रीलगायत सरोकारवाला सबैलाई जानकारी गराउँदा पनि कुनै सम्बोधन नभएको उनको भनाइ छ । सिंहले मूल्यवृद्धिको समेत मारमा परेकाले निर्माण कार्यलाई सहज रुपमा अघि बढाउन कठिन भएको पनि बताए ।

भेलामा सहभागी निर्माण व्यवसायीहरुले सम्पन्न भएका आयोजनाहरुको भुक्तानी समयमा नहुँदा समस्या उत्पन्न भएको धारणा राखेका थिए ।

 

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ४ : ०८ बजे

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६