विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

आज साउन ५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २१, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतीय सर्वोच्च अदालतद्वारा मानहानि मुद्दामा राहुल गान्धीलाई राहत

भारतको सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । यद्यपि अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय भने सुनाएको छैन ।

सर्वोच्च अदालतले शुक्रबार गुजरात उच्च न्यायालयको आदेशलाई चुनौती दिने काङ्ग्रेस नेता राहुल गान्धीको अपीलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ दिन सूचना जारी गरेको छ ।

न्यायाधीश बीआर गवईको संयोजकत्वको इजलासले त्यस्तो सूचना जारी गरेको हो । नेता गान्धीको पुनरावेदनमाथि यही साउन १९ गते सुनुवाइ हुनेछ । गुजरात उच्च न्यायालयलेआफ्नो आदेशमा आपराधिक मानहानि मुद्दामा नेता गान्धीको सजायलाई रोक्न अस्वीकार गरेको थियो । उक्त अदालतले सुरत अदालतले गरेको निर्णयलाई नै सदर गरेको थियो ।

मोदी उपनामलाई लिएर नेता गान्धीले गरेको टिप्पणीबाट मानहानि भएको भन्दै सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतको उक्त निर्णयसँगै नेता गान्धीको संसद् पद खारेज भएको छ । सुनुवाइका क्रममा गवईले आफ्नो बुबा र भाइको कांग्रेस पार्टीसँग सम्बन्ध रहेको भन्दै मुद्दाबाट अलग हुन प्रस्ताव गरेका थिए तर दुवै पक्षले न्यायमूर्ति गवईको सुनुवाइमा कुनै आपत्ति नभएको बताएका थिए ।

नेता गान्धीले सन् २०१९ को अप्रिलमा कर्णाटकको कालारमा भएको चुनावी सभामा विपक्षी दलको नेताका रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दै ‘कसरी सबै चोरहरूको समान उपनाम मोदी हुन्छ ?’ प्रश्न गरेका थिए । उनको यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गुजरातका पूर्वमन्त्री पूर्णेश मोदीले सुरत अदालतमा मुद्दा दायर गरेका थिए ।

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुग्यो

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेङ्गु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको डिजीएचएसले दिएको तथ्याङ्कअनुसार जुलाईको पहिलो २० दिनमा गत महिना पाँच हजार नौ सय ५६ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट सङ्क्रमित भएपछि देशभर डेङ्गुका १९ हजार पाँच सय ६९ सङ्क्रमित थपिएका छन् ।

महानिर्देशनालयका अनुसार बिहीबार बिहान एकै दिन राजधानी ढाकामा आठ सय ४५ सहित कुल एक हजार सात सय ५५ नयाँ बिरामी थपिएका छन् । यो वर्षको प्रारम्भदेखि अहिलेसम्म बिरामीको कुल सङ्ख्या २७ हजार पाँच सय ४७ पुगेको छ ।

महानिर्देशनालयले सर्वसाधारणलाई झुलभित्र सुत्नेलगायत आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गर्दै लामखुट्टेको प्रजननस्थल पहिचान एवम् नष्ट गर्ने ‘एन्टी लार्भा’ अभियान सञ्चालन गरिएको बताएको छ ।

कम्बोडियामा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

कम्बोडियाले पर्सी आइतबार हुने आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ । सरकारले शनिबार र आइतबार सबै प्रकारका मदिराको र सेवनमा प्रतिबन्ध लगाउने निर्देशन जारी गरेको छ ।

दक्षिणपूर्वी एसियाली देश कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले हस्ताक्षर गरी शुक्रबार जारी गरेको निर्देशनमा सामाजिक विकृति रोक्न तथा आमनिर्वाचन स्वतन्त्र एवम् निष्पक्ष वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

“सबै कम्बोडियाली, विदेशी, व्यापारी र कम्बोडियाका बिक्रेताहरूलाई चुनावको एक दिन अघि र जुलाई २२ मा र निर्वाचनको दिन जुलाई २३ मा बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको छ,” निर्देशनमा भनिएको छ ।

राष्ट्रियसभाका एक सय २५ सिटका लागि आइतबार हुने निर्वाचनमा १८ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने राष्ट्रिय निर्वाचन समितिले जनाएको छ । उक्त निर्वाचनमा ९७ लाखभन्दा बढी मतदाताले भाग लिनेछन् ।

पाँच वर्षअघि भएको पछिल्लो आम निर्वाचनमा हुनसेनको सत्तारुढ कम्बोडियन पिपल्स पार्टी (सिपिपी) ले राष्ट्रियसभाका सबै एक सय २५ सिट जितेको थियो ।

युक्रेन जाने कार्गो जहाजमा सैन्य आक्रमण गर्ने रुसको धम्की

रूस–युक्रेन युद्धको बीचमा रुसले युक्रेन जाने बाटोमा देखिएका कार्गो जहाजमा सैन्य आक्रमण गर्ने धम्की दिएको छ । रुसले अनाज बोक्ने भनिएका कार्गो जहाजले युक्रेनका लागि सैन्य उपकरण बोकेको विश्वास गर्ने बताउँदै यस्तो धम्की दिएको हो ।

रुस र युक्रेनबीच काला सागर हुँदै अन्न निर्यात गर्ने सम्झौताबाट रुस सोमबार फिर्ता भएको थियो । ब्ल्याक सी ग्रेन सम्झौता अन्तर्गत युक्रेनमा अनाज निर्यात हुँदै आएको रुसको तर्क छ तर हामीलाई अन्न र मल निर्यात गर्न दिइएन । रुसले यसका लागि अमेरिका र पश्चिमी देशहरूलाई दोष लगाएको छ ।

रुसले युक्रेनले कालो सागरलाई सैन्य उद्देश्यका लागि प्रयोग गरिरहेको आरोप लगाएको छ । यसै कारणले रुसले कार्गो जहाजलाई निशाना बनाउने धम्की दिएको हो ।यसअघि अमेरिकाबाट रुसले नागरिक जहाजलाई निशाना बनाएर युक्रेनलाई दोष दिन सक्ने बयान आएको थियो । वास्तवमा अन्न सम्झौताबाट रुस बाहिरिए पछि अमेरिका, पश्चिमा र राष्ट्रसंघले रुसको आलोचना गरेका छन् ।

स्मरण रहोस, गत फेब्रुअरी २०२२ मा युक्रेनमा रुसी हमलापछि रुसी सेनाले युक्रेनको बन्दरगाहलाई घेरा हालेको थियो। यसले काला सागरको माध्यमबाट युक्रेनको अन्न निर्यात रोक्यो। करिब दुई करोड टन खाद्यान्न थन्किए पछि विश्वमा यसको मूल्य बढ्न थाल्यो । जसका कारण युक्रेनबाट आयातमा आश्रित अफ्रिका र मध्यपूर्वका मुलुकमा खाद्यान्न संकट आउन थाल्यो ।

गत वर्ष जुलाईमा संयुक्त राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा रुस र युक्रेनबीच अन्न निर्यात गर्ने सम्झौता भएको थियो । यसपछि, कार्गो जहाजहरूले कालो सागर हुँदै युक्रेनको ओडेसा र कोर्नोमोर्स्क जस्ता बन्दरगाहबाट अन्न बोकेर बाहिरिएका थिए । यो सम्झौतापछि युक्रेनले करिब ३ करोड टन गहुँ निर्यात गरेको थियो । यो उल्लेखनीय छ कि युक्रेन गहुँ, मकै, कोदो र सूर्यमुखीको प्रमुख निर्यातकर्ता हो।

यो सम्झौता तोड्नुको पछाडि रुसको तर्क छ कि यो सम्झौता अन्तर्गत पश्चिमा देशले आफूले पाउनु पर्ने सहयोगलाई कार्यान्वयन नगरेको छ । यसको अर्थ यो सम्झौता एकतर्फी रूपमा कार्यान्वयन भएको हो । र प्रतिज्ञा अनुसार, रूसले यसबाट फाइदा लिन सकेन। रुसी राष्ट्रपति पुटिनले रुसले आफ्नो खाद्यान्न र मल निर्यात गर्न नदिएको गुनासो गर्दै आएका छन् । रुसले यसअघि पनि सम्झौता तोड्ने धम्की दिएको थियो र नोभेम्बरमा पनि त्यसबाट बाहिरिएको थियो तर त्यसपछि सम्झौतामा रह्यो ।

रसियाले आफ्नो कृषि बैंकलाई स्विफ्ट प्रणाली अन्तर्गत जोड्न चाहन्छ ताकि यसले विश्वका बैंकहरूसँग कारोबार गर्न सहज होस्। रूसले पनि कृषि मेसिनहरूको मर्मत पार्ट्सहरू प्राप्त गर्न चाहन्छ। समग्रमा, उनी आफूमाथि लगाइएको प्रतिबन्धमा राहत चाहन्छन्। त्यसो भएन त्यसैले उनी सम्झौताबाट बाहिरिएका हुन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अनाज निर्यातका लागि वैकल्पिक मार्ग अपनाउने कुरा गरेका छन् तर यो त्यति सहज भने हुने छैन । टर्कीका राष्ट्रपति अर्दोआनले अर्को बैठकमा रुसी राष्ट्रपतिले पुनः पुटिनलाई यो सम्झौताका लागि मनाउने प्रयास गर्ने बताएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ७ : ५८ बजे

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको

आजका समाचार : छानबिन समिति बनाउने सहमतिदेखी पानीमा डुबेर दुई युवाको मृत्युसम्म

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी सहकारी ठगी प्रकरणमा