‘लम्पी स्किन’ सङ्क्रमित गाईवस्तुलाई निःशुल्क उपचार गर्ने | Khabarhub Khabarhub

‘लम्पी स्किन’ सङ्क्रमित गाईवस्तुलाई निःशुल्क उपचार गर्ने


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

लहान – लम्पी स्किन सङ्क्रमित किसानका गाईवस्तुलाई सिरहाको लहान नगरपालिकाले निःशुल्क उपचार गर्न थालेको छ । नगरपालिकाको पशुविकास शाखाले आज वडा ११ बाट उपचार सुरु गरेको हो ।

जम्मा २४ वडाका लागि तीन वटा टीम बनाई परिचालित गरिएको पशु विकास शाखा प्रमुख रामकृष्ण यादवले जानकारी दिए । “हाम्रो प्राविधिक टोलीले आवश्यक औषधिसहित पशुपालक किसानकोे घरघरमै पुगेर सङ्क्रमित गाईवस्तुको उपचार थालेको छ”, यादवले भने, “सङ्क्रमित रोग नियन्त्रण गर्न जैविक सुरक्षा विधि अपनाए ७० प्रतिशत कम गर्न सकिन्छ । यसका लागि किसानले सङ्क्रमित पशुलाई छुट्टै राख्नुपर्छ । दिनहुँ गोठ सफा गर्नुपर्छ । आहार एकै ठाउँमा खुवाउन रोक्नुपर्छ । रोग सङ्क्रमण धेरै हदसम्म रोकिन्छ ।”

लम्पी स्किनको छुट्टै औषधि नभएको अवस्थामा लक्षणअनुसारको औषधि दिएर उपचार थालेको यदवले जानकारी दिए । टोलटोलमा गाईवस्तुमा लम्पी स्किन रोगको सङ्क्रमण देखा पर्न थालेपछि तत्कालै औषधि खरिद उपचार अगाडि बढाइएको हो । हालसम्म लहान नगरपालिकामा मात्र करिब ७० गाईवस्तु मरिसकेको र कूल सात हजारभन्दा बढी गाईवस्तुमा यो रोगको समस्या देखापरेको शाखा प्रमुख यादवले सुनाए ।

“अहिले तत्कालै पशु विकास समितिको निर्णयअनुसार छ लाख बराबरको औषधि खरिद गरी गाउँगाउँमा टोली पठाएका छौँ”, पशु विकास समितिका अध्यक्ष तेजनारायण चौधरीले भने, “आवश्यक परेको अवस्थामा अरु थप अपुग औषधि खरिद गरी उपचार गर्छौं ।” अहिले एक हजार पशुलाई उपचार गर्ने योजना बनाएर अगाडि बढेको उनले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : २६ बजे

मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक महिलाको मृत्यु

सर्लाही – सर्लाहीको विष्णु गाउँपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्रको स्थापना

काठमाडौं। धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स)को स्थापना

शिक्षकहरुसंग भएको सहमतिअनुसार कानून निर्माण गर्न सहयोग गर्छौ : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले जनसवालका विषयदेखि शान्ति सुरक्षासम्मका बिषयमा सरकारको

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी,

धवलागिरिमा आउन थाले आरोही

म्याग्दी – म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन