‘लम्पी स्किन’ सङ्क्रमित गाईवस्तुलाई निःशुल्क उपचार गर्ने « Khabarhub

‘लम्पी स्किन’ सङ्क्रमित गाईवस्तुलाई निःशुल्क उपचार गर्ने


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

लहान – लम्पी स्किन सङ्क्रमित किसानका गाईवस्तुलाई सिरहाको लहान नगरपालिकाले निःशुल्क उपचार गर्न थालेको छ । नगरपालिकाको पशुविकास शाखाले आज वडा ११ बाट उपचार सुरु गरेको हो ।

जम्मा २४ वडाका लागि तीन वटा टीम बनाई परिचालित गरिएको पशु विकास शाखा प्रमुख रामकृष्ण यादवले जानकारी दिए । “हाम्रो प्राविधिक टोलीले आवश्यक औषधिसहित पशुपालक किसानकोे घरघरमै पुगेर सङ्क्रमित गाईवस्तुको उपचार थालेको छ”, यादवले भने, “सङ्क्रमित रोग नियन्त्रण गर्न जैविक सुरक्षा विधि अपनाए ७० प्रतिशत कम गर्न सकिन्छ । यसका लागि किसानले सङ्क्रमित पशुलाई छुट्टै राख्नुपर्छ । दिनहुँ गोठ सफा गर्नुपर्छ । आहार एकै ठाउँमा खुवाउन रोक्नुपर्छ । रोग सङ्क्रमण धेरै हदसम्म रोकिन्छ ।”

लम्पी स्किनको छुट्टै औषधि नभएको अवस्थामा लक्षणअनुसारको औषधि दिएर उपचार थालेको यदवले जानकारी दिए । टोलटोलमा गाईवस्तुमा लम्पी स्किन रोगको सङ्क्रमण देखा पर्न थालेपछि तत्कालै औषधि खरिद उपचार अगाडि बढाइएको हो । हालसम्म लहान नगरपालिकामा मात्र करिब ७० गाईवस्तु मरिसकेको र कूल सात हजारभन्दा बढी गाईवस्तुमा यो रोगको समस्या देखापरेको शाखा प्रमुख यादवले सुनाए ।

“अहिले तत्कालै पशु विकास समितिको निर्णयअनुसार छ लाख बराबरको औषधि खरिद गरी गाउँगाउँमा टोली पठाएका छौँ”, पशु विकास समितिका अध्यक्ष तेजनारायण चौधरीले भने, “आवश्यक परेको अवस्थामा अरु थप अपुग औषधि खरिद गरी उपचार गर्छौं ।” अहिले एक हजार पशुलाई उपचार गर्ने योजना बनाएर अगाडि बढेको उनले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : २६ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध