गर्मी मौसम, झाडापखाला र यसको उपचार « Khabarhub

गर्मी मौसम, झाडापखाला र यसको उपचार


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्या देखिने गरेका छन्। अहिलेको समयमा मुख्यत झाडापखाला, हैजा धेरै लाग्ने गरेको छ। पेट दुख्ने, पातलो दिसा लाग्ने, डिहाइड्रेसन हुने समस्या बढिरहेका छन्। साथै मौसमी रुघाखोकी, ग्याष्ट्रिटाइटिसका बिरामी पनि बढेका छन्। हैजा खास गरेर भिब्रियो कलेरा ब्याक्टेरियाबाट लाग्ने रोग हो। दूषित पानीको प्रयोगले यो रोग लाग्ने गर्छ। वर्षाको सिजन र गर्मी सिजनमा हैजा बढी देखिने गर्छ। हैजा रोग उल्टी (वान्ता) लगातार दिसा ल्याउने रोग हो। हैजा लाग्दा लगातार दिसा जानुका साथै पेटमा सुई घोचेको जस्तो पीडा अनुभूति गराउँछ। आखिर हैजा वा झाडापखाला के कारणले लाग्छ ? लाग्दा के गर्ने ? कस्तो अवस्थासम्म घरेलु उपचार गर्ने र कस्तो अवस्थामा अस्पतालमा नै जानुपर्छ ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि कन्सल्टेन्ट फिजिसियन डा. प्रतिक पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

यो मौसममा झाडापखाला के कारणले लाग्छ ?
झाडापखाला भाइरल र ब्याक्टेरीया गरेर दुई प्रकारको हुन्छ। भाइरल डायरिया यो आफैँ निको हुन्छ। यसलाई कुनै औषधि नखाई जीवनजल पानी र झोलिलो खानेकुरा मात्र खाएर केही दिनमा निको पार्न सकिन्छ।
अर्को, ब्याक्टेरीयल डायरिया कीटाणुको कारणले लाग्ने हुन्छ। व्याक्टेरीयल डायरिया हुँदा आउँ पर्ने, ज्वरो आउने लक्षण पनि देखिने हुन्छ। कसैलाई पातलो दिसा मात्रै लागेको छ, आउँ परेको जस्तो पनि छैन र ज्वरो पनि आएको छैन भने घरमै बसेर जीवनजल खाएर निको हुन्छ।

कस्तो अवस्थामा अस्पताल नै जानु पर्ने हो ?
कसैलाई धेरै नै डायरिया भएर कमजोर महसुस भएको हुन्छ। एकदमै ज्वरो आएको छ, बान्ता आउन लागेको जस्तो भएको छ भने जीवनजल पानी खाएर बस्नु हुँदैन। तुरुन्त अस्पताल नै जानुपर्छ।

अस्पतालमा पुगेपछि कसरी उपचार गरिन्छ ?
झाडापखाला लागेर अस्पतालमा आएपछि सुरुमै हामीले कलेराको जाँच गर्दैनौँ। कलेरा भएको व्यक्तिमा निरन्तर बान्ता हुने, डाइरिया हुने चौलानी पानी जस्तो पखाला लाग्ने हुन्छ। यदि कुनै बिरामीलाई यो सबै लक्षण देखिएको छ भने तुरुन्तै अस्पताल गएर कलेराको जाँच गर्नुपर्छ।

यो एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्छ ?
यो रोग खानेकुरा र दिसाको माध्यमबाट सर्ने सर्छ। कुनै ठाँउको पानीलाई जाँच गर्दा इकोलाई र कोलिफर्म ब्याक्टेरिया देखिएको छ भने त्यो पानी पिउँदा झाडापखाला लाग्ने हुन्छ। इकोलाई पिसाब र दिसामा सङ्क्रमण गर्ने कीटाणु हो। तर, कोलिफर्म खासै रोग उत्पन्न गराउने कीटाणु भने होइन। यी दुई कीटाणु देखिएका ठाउँमा कलेराको कीटाणु हुने सम्भावना भएकाले धारामा आउने पानीको स्रोत परीक्षण गरेर सतर्क रहनुपर्छ।

अहिले गर्मी भएकोले गर्दा रेष्टुरेन्टमा वा बाहिर कतै नखाने कुरा खान जाँदा आइस युज गर्छौ। त्यो आइस भएको पानी फोहोर छ भने यसबाट पनि सर्ने गर्छ। अरु विभिन्न काँचो खानेकुरा, फलफूल हामीले पानीले पखालेर खाँदा पानी दूषित छ भने रोग फैलिने सम्भावना बढी हुन्छ।

हैजा भनेको के हो ? यसलाई हामीले कसरी बुझ्ने ?
साधारण अर्थमा हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने सानो आन्द्राको सङ्क्रमणलाई बुझिन्छ। तारनतार दिसा र वमन भइरहने एक सङ्क्रामक रोग भनेर पनि बुझिन्छ।

यो सङ्क्रामक रोग भिब्रियो कलेरा विशेष गरेर खानेकुराबाट लाग्ने या खाएर हुने रोग हो। हात सफा नगरी खाना खाइयो। पर्सनल हाइजिनमा ध्यान दिइएन भने हातको माध्यमबाट शरीरमा कीटाणु प्रवेश गर्छन्। फोहोरमैला, झिँगा परेको खानेकुरा खायो भने हैजा हुने गर्छ। हैजाका कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षण देखिने गर्दछन्।

यसका लक्षण के के हुन्छन् ?
विशेष गरेर निरन्तर मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो। हैजा हुँदा बान्ता हुने, लुज मोसन हुने, चौलानी पानी जस्तो पखाला हुने गर्छ। तर, पेट दुख्दैन। एक दिनमा धेरै पटक बान्ता हुने र पखाला लाग्ने गर्छ। यसको समयमै नियन्त्रण गर्न सकिएन भने जल वियोजन हुन्छ। जल वियोजन भयो भने अन्य अंगमा समेत असर हुन्छ। हैजाका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने हुन्छ। जल वियोजनका कारण छाला निलो भएर जानसक्छ। हैजा सङ्क्रमित व्यक्तिको दिसा पिसाब सही रूपमा व्यवस्थापन गर्न सकिएन भने अर्को व्यक्तिमा सर्ने गर्छ।

दूषित पानी र खानाको कारणले अन्य कस्ता रोग लाग्छन् ?
अहिलेको मौसममा पानी तथा खानाको कारणले सबै भन्दा धेरै हुने भनेको इन्फेक्सन हो। त्यसमा पनि पिसाब र दिसाको इन्फेक्सन धेरै रहेको छ। फोहोर पानी तथा खानाको कारणले हेपाटाइटिस ए पनि हुने गर्छ। लिभरको समस्या, वान्ता हुने, कमजोर हुने, ग्यासट्राइटिस हुनेगर्छ। ग्याष्ट्राइटिसका बिरामी यो सिजनमा धेरै देखिन्छन्।

कस्तो व्यक्तिलाई सङ्क्रमण बढी हुन्छ ?
कुनै पनि सङ्क्रामक रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा बढी हुने गर्छ। वृद्धा र बालबालिकामा बढी हुन्छ अन्य रोगहरू डायबिटिज भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति साधारण रोगबाट पनि ग्रसित हुने गरेका छन्। कसैलाई रुघाखोकी लागेर पनि धेरै ग्रसित हुने गर्छन्। डाइटिङ धेरै गर्ने व्यक्तिमा पनि इम्युनिटी कम हुने गर्छ। कुनै रोग लागेर लामो समय औषधि खाएको व्यक्तिमा पनि इम्युनिटी कम हुनेगर्छ। यस्ता व्यक्तिमा सङ्क्रमण छिटो सर्छ।

यो मौसममा हैजा झाडापखाला लगायतका समस्या हुन नदिन के गर्ने ?
अहिले हामीले खाना राम्ररी पकाएर र राम्ररी धोएर मात्र खानुपर्छ। समय समयमा राम्री हात धोएर मात्रै खानुपर्छ। सकेसम्म बाहिरको पानी नखाने खानै परेमा सफा पानी मात्र पिउनुपर्छ। होटेलमा जाँदा आइसको प्रयोग सकेसम्म गर्नुहुँदैन। गर्नै परेमा त्यसमा सफा पानी मात्र प्रयोग गर्नुपर्छ। काँचो खानेकुरा सकेसम्म बाहिर गएर खानु हुँदैन।

बाहिरको खाना र जङ्क फुड कम खानुपर्छ। पानीको सरसफाइ सँगै व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। दिसा पिसाब सुरक्षित ठाउँमा बिर्सजन गर्नुपर्छ। बजारमा पाइने खानेकुरा जथाभावी खानु भएन, खानेकुरा सुरक्षित छ छैन विचार गरेर मात्र खानुपर्छ। जारको र बोतलको पानी शुद्ध भए मात्र पिउनुपर्छ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ७ : ०८ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन