अवधि समुदायले गुडिया पर्व मनाउदै « Khabarhub

अवधि समुदायले गुडिया पर्व मनाउदै


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

बाँके– आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधि समुदायले नाग पर्वलाई ‘गुडिया’ पर्वका रुपमा मनाउने गर्दछन् ।

यो पर्व अवधि समुदायको मुख्य पर्वको रुपमा लिइन्छ । आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल छिमेक सबै मिलेर विशेष धुमधामका साथ सो पर्व मनाउदछन् ।

गाउँ टोलका विशेष गरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गाबेरले चिन्हो तानेर मोटो लाइन बनाउने गर्दछन् । यसलाई गोबर चक्र भनिन्छ । सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने यहाँ धार्मिक विश्वास रहिआएको छ ।

यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ ।

यस दिन सबैको घरमा खाने परिकारअन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो । यो पर्वमा विवाहित छोरीलाई घुघरी पठाउने चलन पनि छ । घुघरीमा चना, चामल, भेली मिठाई, र आवश्यक कपडा लत्तासहितको गठरी सामाथ्र्यअनुसार भाइ वा बाबुले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधि साहित्यकार सच्चिदानन्द चौबेले जानकारी दिए ।

यस पर्वमा छोरी बोलाउने तथा लिन जाने गरिन्छ । गाउँघर, टोल समुदायमा पिङ (झुला) हाल्ने गरिन्छ । युवायुवती गितसङ्गीत गाएर पिङ खेल्ने चलन छ । साँझ सबै युवतीले कपडाको गुडिया बनाएर भुइँमा हाल्ने र युवाले लठ्ठीले गुडिया पिट्ने गरेको अवधि अगुवा पण्डित शिवप्रसाद पाठकले बताए ।

उनका अनुसार यस दिन सबैको घरमा मिठोमिठो खानेकुरा पकाइने गरिन्छ । यस दिन घरमा पाहुनालाई बोलाइ सेवा सत्कार गरिन्छ । यो पर्व समुदायमा आदि कालबाट चलिआएको मानिन्छ । चौबेले भने, ‘हामी सबै भगवान्लाई देउताको रुपमा मान्ने गर्छौं । सूर्य, चन्द्रमा, नदी, पृथ्वी, गाई, रुख, हावापानी, सर्प, बाँदल, अन्नपात, वन, जङ्गल, पहाड, समुद्रजस्ता प्रकृतिबाट उत्पन्न वस्तुलाई देउता सामान मानिन्छ । सबै देवरुपमा रहेका छन् । यसलाई समय समयमा पूजा गर्नुपर्छ ।’ जादुगर (मदारी)ले घरघरमा गएर सर्प देखाइ गरेर सिधा लिने गरेको पाइन्छ ।

स्वास्थ्यको हिसाबले बर्सातको मौसममा हिलो, माटो, गोबर, खेतीपातीको काम गरेर शरीरको तन्दुरस्ती कम भएको हुन्छ । त्यसलाई पूर्ति गर्न यस पर्वमा चनाको घुघरी (गेँडागुडी पोषिलो खान) खाएर शरीरलाई बलियो बनाउने परम्परा रहेको छ । अवधीमा उखान छ, ‘चना सवसे मरदाना अनाज होय, इसे मरदाङ्गगी पैदा होत है ।’

सर्प सत्रु नभएर घर र खेत–खरिहानमा रहेका मुसा, छेपारो, गिरगट्टो, भ्यागुता आदि जनावरलाई खाने गर्दछ । सर्पलाई दूध र चना खुवाउने गरिन्छ ।

परापूर्वकालबाट गुडिया र होली पर्व एकै दिन (बार) मा पर्ने गर्दछ । यसैले भन्ने गरिन्छ, ‘नाग फाग एकै दिन’ सबै चाडपर्व समुदायमा मेल सद्भाव, शान्ति, भाइचारा कयम गर्ने पर्वको रुपमा लिइएको छ । अवधीभाषमा उखान छ ‘गुडिया ढुढेंरीमा समधी दमादका ना बोलावा जाय तौ कब बोलावा जाय ।’

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : १५ बजे

नदी किनारमा रहेका सुकुमबासी बस्ती (तस्बिरहरू) 

काठमाडौं – काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट– दिगो पर्यटन प्रवर्द्धन परियोजनाले  निसीखोला र ढोरपाटनमा १८ घरबास

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न

शिशुवा-खुदीखोला सडक स्तरोन्नति

गण्डकी– पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति