बालसुधार गृहबाट भागेका ८४ जना पक्राउ | Khabarhub Khabarhub

बालसुधार गृहबाट भागेका ८४ जना पक्राउ


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् । विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरूलाई  सुधारगृहमा राखिएको थियो ।

बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार सुधार गृहमा मृत्यु भएपछि तनाव भएको थियो ।

उनको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए । प्रदर्शनकै मौका छोपेर सुधारगृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेका थिए । त्यसमध्येका ८४ जनालाई प्रहरीले पुन : नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले भागेकामध्ये ६० भन्दा बढीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको बताएका छन् ।

 सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ४ : ५२ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले