फिलिपिन्सको लुजोन टापुमा सेनाको आक्रमणमा पाँच विद्रोहीको मृत्यु « Khabarhub

फिलिपिन्सको लुजोन टापुमा सेनाको आक्रमणमा पाँच विद्रोहीको मृत्यु


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –फिलिपिन्सको सेनाले लुजोन टापुको बिकोल क्षेत्रमा अघिल्लो हप्ता गरेको दुईवटा छुट्टाछुट्टै कारबाहीमा पाँच संदिग्ध विद्रोहीको मृत्यु भएको छ ।

सेनाले शनिबार दिउँसो करिब २० न्यु पिपुल्स आर्मी (एनपीए) विद्रोहीसँग सो क्षेत्रको टापु प्रान्त मासबेटमा भीडन्त भएको जनाएको छ। गोली हानाहानमा एक जना नेतासहित तीन जनाको मृत्यु भएको बताइएको छ ।

करिब ३० मिनेटको भीडन्तपछि अन्य विद्रोहीहरू भागेको सेनाले जनाएको छ । सेनाले राइफल, ग्रेनेड लन्चर र विभिन्न गोला बारुद बरामद गरेको जानकारी दिएको छ ।

दोस्रो झडप शनिबार क्यामरिनेस सुर प्रान्तमा भएको थियो जसमा एनपीए उच्च पदस्थ सदस्यको मृत्यु भएको थियो ।

एनपिए विद्रोहीहरू सन् १९६९ देखि सरकारी सेनाहरूसँग लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रमा आफ्ना आक्रमणहरू केन्द्रित गर्दै सेनासँग झडप गरिरहेका छन् । सैन्य तथ्याङ्कले जनाएअनुसार एनपीएमा २,००० सदस्यहरू छन्।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ८ : १० बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको