समयमा उपचार गरे बालबालिकाको क्यान्सर निको हुन्छ | Khabarhub Khabarhub

समयमा उपचार गरे बालबालिकाको क्यान्सर निको हुन्छ


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय बालबालिकामा हुने क्यान्सरको दर बढिरहेको छ । बालबालिकामा हुने क्यान्सरको कारण र यसको रोकथामको उपायबारे खबरहबका लागि बाल क्यान्सर तथा रक्त रोग विशेषज्ञ डा. सुचारिता तुलाधारसँग गरिएको कुराकानीको सम्पादित अंश :

बालबालिकामा हुने क्यान्सरलाई कसरी बुझ्ने ?
हामीले क्यान्सर भन्ने बित्तिकै वयस्क वा ठुलो मान्छेमा मात्र हुन्छ भनेर बुझ्छौँ । तर बालबालिकामा पनि विभिन्न प्रकारका क्यान्सर हुनसक्छन् । त्यसमा हामीले बुझ्नुपर्ने भनेको बालबालिकाका धेरै क्यान्सर निको हुने हुन्छन् । समयमा राम्रो उपचार गरेर उनीहरूको जीवन सामान्य अवस्थामा फर्काउन सकिन्छ ।

बालबालिकामा क्यान्सर हुने कारण के हो ?
ठुलो मान्छेहरूमा हामीले चुरोटहरू खाएर स्वास्थ्यलाई असर गर्ने खानेकुरा खाएर हुन्छ भन्छौं भने बालबालिकाको हकमा त्यस्तो हुँदैन । कुनै कुनै वंशानुगत रोगले क्यान्सरको सम्भावना बढी हुन्छ । तर यही कारणले हुने भन्ने छैन । समयमा यसको पहिचान गरेर उपचार गर्यौ भने अवश्य निको हुन्छ ।

वंशाणुगत रूपमा यो क्यान्सर हुन्छ भन्दै गर्दा यसमा आफ्नो अघिल्लो पुस्तामा क्यान्सर भएर हुने हो कि अरु पनि कारण हुन्छ ?
वंशाणुगत रूपमा आफ्नो बाबा, आमा, फुपू परिवारमा धेरै जनालाई क्यान्सर भएको छ भने बालबालिकामा पनि क्यान्सरको जोखम हुने भयो। अर्को जन्मजात नै ल्याएका रोगहरू जस्तो डाउन सिन्ड्रोम, ब्लुम सिन्ड्रोम त्यसमा भएको बच्चामा साधारण बच्चामा भन्दा बढी क्यान्सरको जोखिम हुन्छ ।

बालबालिकालाई क्यान्सर हुँदैछ भनेर पहिला नै थाहा पाउन सकिन्छ ?
बच्चाको क्रियाकलापमा फरक आयो । पहिला खेलिरहने बच्चा खेल्न छोड्यो, बढी थकाइ लागेको महसुस गर्न थाल्यो, लामो समयसम्म ज्वरो आयो, खानपानमा ध्यान दिँदैन, तौल घट्दै गयो र लामो समयसम्म कुनै रोग निको भएको छैन भने समयमै डाक्टरकोमा लगेर रोग पहिचान गर्नुपर्छ ।

यी लक्षण देखिएर अस्पताल लगेपछि उपचारको प्रक्रिया कस्तो हुन्छ ?
सबै भन्दा पहिला क्यान्सर नै भएको हो कि होइन भनेर जाँच गरिन्छ । किनकी क्यान्सरको उपचार हुन्छ । तर उपचार गर्न गाह्रो हुन्छ । लामो समय लाग्छ उपचार गर्न, महिनौँसम्म अस्पताल नजिकमा बस्नुपर्ने हुन्छ एक हिसाबले खर्चिलो पनि हुन्छ । क्यान्सर हो कि होइन भनेर पहिचान गर्न पनि समय लाग्ने भएकाले यो क्यान्सर नै हो कि होइन भनेर जाँच गर्छौ । त्यसपछि कुन किसिमको र कहाँसम्म फैलिएको छ त भनेर हेर्छौ । त्यसपछि मात्रै उपचार सुरु गर्छौं ।

धेरै बालबालिकामा कुन ठाउँमा वा कस्तो क्यान्सर बढी देखिएको छ ?
धेरै बालबालिकामा देखिने क्यान्सर भनेको नै रगतको क्यान्सर हो । । सामान्य भाषामा भन्नुपर्दा रक्त क्यान्सर नै हो । त्यसपछि दिमागमा हुने क्यान्सर, मिर्गौलाको क्यान्सर पनि छन् ।

कस्तो अवस्थामा अस्पताल पुग्दा छोटो समयमा नै उपचार हुन्छ ?
रक्त क्यान्सरमा स्टेजभन्दा पनि हामी जोखिम भन्छौँ । दिमागमा फैलिएको छ कि छैन भनेर हेर्छौँ । यसमा कुन किसिमको रक्त क्यान्सर हो त्यसकै आधारमा कति जटिल र कडा औषधि दिने भन्नेमा फरक हुन्छ । जस्तै एक्यूट लिम्फोब्लास्टिक ल्यूकेमिया यो ब्लड क्यान्सरमा सबै भन्दा कमन हो । त्यसको लागि लामो उपचार चल्छ । सुरुको ६ महिना अस्पतालमा बसेर सुईबाट औषधि चलाइन्छ भने त्यसपछि दुई वर्ष खाने औषधि दिइन्छ । यो बेलामा बालबालिकालाई विद्यालय पनि पठाउन सकिन्छ । उसलाई सामान्य जीवनमा लैजान सकिन्छ । तर नियमित औषधि खाने र समय समयमा डाक्टरलाई भेट्नुपर्ने हुन्छ ।

अर्को अर्किमाइलोरिया ल्युकिमिया हो भने त्यसको उपचार कडा हुन्छ । मधुमेह, उच्च रक्तचापको जस्तै त्यो क्यान्सरलाई नियन्त्रणमा राखेर जिन्दगीभर औषधि खानुपर्ने हुनसक्छ ।

बाल अवस्थामा भएको क्यान्सर औषधि खाएर पूर्ण रूपमा निको हुने हो ?
एक्यूट लिम्फोब्लास्टिक ल्यूकेमिया (एएलएल) धेरैजसो बच्चामा हुने कमन क्यान्सर हो । यो सय जनामा हुँदा ९० देखि ९५ प्रतिशत ठिक हुन्छ । ५ वर्षभित्र क्यान्सरबाट मुक्त हुनुलाई निको भएको भनेर हामीले बुभ्mछौं । सयमा ९५ जना बालबालिका निको भएर घर फर्किएको तथ्याङ्क हामीसँग छ ।

अस्पताल जान ढिला भयो भने कस्तो जोखिम हुनसक्छ ?
यो क्यान्सर अनुसारको हुन्छ । रक्त क्यान्सरमा सबैतिर फैलिसकेको हुन्छ । त्यसमा कहाँसम्म फैलियो भन्ने हुन्छ । उपचारको क्रममा हामीले दिने किमोथेरापी बच्चाको शरीरले थेग्न सक्छ कि सक्दैन भन्ने हुन्छ । कुपोषण भएको बच्चाको उपचार सहजै हुँदैन । यस्तै मिर्गौलाको क्यान्सर या शरीरको कुनै अङ्गमा मासु पलाएर हुने क्यान्सर नफैलिएको अवस्थामा उपचार सजिलै गर्न सकिन्छ । तर खुट्टामा भएको क्यान्सर शरीरको अरु भागको हड्डीमा फैलिएको छ भने त्यसको उपचार जटिल र नतिजा पनि सकारात्मक आउने सम्भावना कम हुन्छ ।

किमोथेरापी बालबालिकालाई वा सानै उमेरमा दिँदा त्यसले पछि असर गर्दैन ?
असर गर्छ । तर हाम्रो पहिलो उद्देश्य भनेको बच्चालाई ठिक पार्नु हो । भोलि गएर सामान्य जीवनमा फर्कियोस् भन्ने हो । तर ठिक पार्ने भन्दै धेरै किमो दिएर गर्ने हैन त्यसको लागि धेरै अनुसन्धान गरेर त्यसले लामो समयसम्म कस्तो असर गर्छ हेरेर मात्रै उपचार दिइरहेका हुन्छौं । सकेसम्म उसलाई पछि असर नपरोस् भन्ने हाम्रो उद्देश्य हो।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ७ : ०० बजे

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म