ताप्लेजुङको फुङ्फुङ्गे झरना पर्यटकको गन्तव्य बन्दै « Khabarhub

ताप्लेजुङको फुङ्फुङ्गे झरना पर्यटकको गन्तव्य बन्दै


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– फुङ्फुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । 

तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोडले तल झरेको झरनाको आवाज नै फुङ्फुङ् हुने हुँदा नामकरण पनि फुङ्फुङ्गे भएको बताइन्छ ।

ताप्लेजुङ सदरमुकामबाट नजिकै रहेको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङ्फुङ्गे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो । 

यो सुन्दर झरनामा झरेको पानी मेवा खोलामा मिसिन्छ । नेपाल सरकारले पर्यटकीय प्रवल सम्भावना भएका सय स्थानको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ ।

यसअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सय पर्यटकीय गन्तव्यमा फुङ्फुङ्गे झरनालाई पनि एक हो । 

झरनाको प्रचारप्रसार भएसँगै दैनिक यसको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको स्थानीयवासी बताउँछन् । अहिले झरनासम्म सडक पुगेकाले पनि अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

पर्यटकको चहलपहल हुन थालेसँगै झरना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा आउन थालेका छन् । सडक पुगेकाले झरना नजिकै तेम्बा क्षेत्रमा बजार नै विस्तार हुँदै गएको छ । 

स्थानीयले होटल तथा होमस्टेसमेत सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएको मिक्वाखोला गाउँपालिका–४ का होमस्टे (घरबास) सञ्चालक विजय साँवाले बताए ।

केही वर्ष अगाडि झरनामा आउने पर्यटकका लागि खाने, बस्ने ठाउँ अभाव थियो । तर झरना नजिकै सडक पुगेसँगै बजार विस्तार हुन थालेको साँवाले बताए । 

बजार विस्तार भएसँगै किसानले उत्पादन गरेको स्थानीय उत्पादनले पनि राम्रो बजार पाउन थालेको छ । झरना नजिकै अझ मिक्वाखोला गाउँपालिकाको केन्द्र स्थापना हुनुलाई पनि झरनाको थप प्रचारप्रसार सहयोग पुगेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको हो ।

फुङ्फुङ्गे झरना ताप्लेजुङको पनि नजिकैको पर्यटकीय गन्तव्यमा पर्दछ । यस क्षेत्रका लागि तीनै तहका सरकारले विगतदेखि नै बजेट विनियोजन गरेर आवश्यक पूर्वाधार निर्माण गर्दै आएका छन् ।

झरनालाई थप आकर्षक बनाउन चालु आवमा सङ्घीय सरकारबाट रु एक करोड बजेट विनियोजन भएर ठेक्का लागि सकेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डन्डु लामाले बताए ।

झरनाले प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभई पर्यटकीय र धार्मिक महत्व बोकेको छ । झरनालाई शक्तिको प्रतीक मानेर झरनाको फेदी नजिकै फुङ्फुङे देवीको पूजास्थल पनि राखिएको छ । यहाँ देवीको पूजा गर्न भक्तजन जाने गर्दछन् । झरनाको अवलोकन गर्ने पर्यटक झरनाको फेदीमा रहेको देवीथानमा पूजापाठ गरेर फर्कने गर्दछन् ।

भारत र चीन जोड्ने सबैभन्दा छोटो सडक तमोर करिडोर निर्माणाधीन छ । उक्त सडक निर्माण सकिएपछि ताप्लेजुङमा पर्यटकीय गतिविधि स्थानीयले अपेक्षा गरेका छन् । 

पर्यटन प्रवर्द्धनका हिसाबले प्रचुर सम्भावना बोकेको फुङ्फुङे झरना क्षेत्रमा जाने सडकको कालोपत्रलगायत भौतिक पूर्वाधारको निर्माणसँगै प्रचारप्रसारमा सबै सरोकारवालाले ध्यान दिनसके बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने र ताप्लेजुङको विकासमा ठूलो हिस्सा ओगट्ने देखिन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  १० : ५८ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र