दक्षिणकालीस्थित बागमती नदीमा फसेका एक व्यक्तिको उद्धार | Khabarhub Khabarhub

दक्षिणकालीस्थित बागमती नदीमा फसेका एक व्यक्तिको उद्धार


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालले काठमाडौँको दक्षिणकालीस्थित बागमती नदीमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।

गए राति काठमाडौँको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित बागमती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोलका ४० वर्षीय रामबहादुर लामाको उद्धार गरिएको सशस्त्रका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

पानीको बहाव कम भएका बेला नदी पारि गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए ।

उक्त खबर प्राप्त भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ र सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलवाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष केसीको नेतृत्वमा गएको टोलीले उद्धार गरेको हो । लामालाई आफन्तको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ११ : ०८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास