नेपालमा राजसंस्था अपरिहार्य : कमल थापा | Khabarhub Khabarhub

नेपालमा राजसंस्था अपरिहार्य : कमल थापा


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अपरिहार्य भएको बताएका छन् । 

पछिल्लो समय संघीय गणतन्त्रको नाममा कायम व्यवस्थाको अन्त्य हुनुपर्ने भन्दै थापा आक्रामक रुपमा आन्दोलनको पक्षमा उभिएका छन् । 

महाधिवेशन पछि राप्रपा नेपाललाई पुनर्जागृत गर्दै अघि बढेका थापाले पछिल्लो समय राजसंस्था पनि पार्टीको कार्यनीति हुने निर्णय केन्द्रीय समितिबाट गराएका छन् ।

महाधिवेशनको समयमा निर्मल निवासबाट खेलिएको असहयोगी भूमिकाबाट बिच्किएका थापाले अब त्यो गुनासो र असन्तुष्टिलाई मन मै राख्ने र बिर्सने प्रयास गरेका छन् । 

आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो भावना व्यक्त गर्दै थापाले राजाप्रतिको गुनासो आफ्नो ठाउँमा रहने भन्दै त्यसलाई गौण रुपमा लिने अभिव्यक्ति दिएका छन् ।

थापाले सबै गुनासो, चित्त दुखाइलाई तपसिलमा राखेर आन्दोलनमा जाने र हालको व्यवस्थाको विकल्प खोज्ने समेत बताएका छन् । 

सांगठनिक रुपमा कमजोर रहेको राप्रपा नेपालको हिजोको देशव्यापी प्रदर्शनबाट थापा हौसिएका छन् । 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ११ : १७ बजे

धाविका सुनमायाको नयाँ कीर्तिमानी

कर्णाली –हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया

एआईसीले नेपाल सरकारलाई पठायो पत्र

काठमाडौं – सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी

जग्गाको हक महिलाको नाममा हुनुपर्छ: उपसभामुख मगर

पाटन – उपसभामुख इन्दिरा रानामगरले जग्गाको हक महिलाको नाममा हुनुपर्ने

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ

काठमाडौं – नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर

दुई किलो सुन बरामद प्रकरण : चिनियाँ नागरिक पक्राउ

काठमाडौं – नेपाल प्रहरीले गत बिहीबार नागढुङ्गाबाट बरामद भएको दुई