हुम्लामा पहिलो पटक कोदो महोत्सव हुने « Khabarhub

हुम्लामा पहिलो पटक कोदो महोत्सव हुने


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबैभन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ ।

कोदो बालीको संरक्षण, प्रवर्द्धन र यसको प्रचारप्रसारका लागि महोत्सव गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख धर्मबहादुर शाहीले बताए । उत्पादन राम्रो हुने हुम्लामा कोदो महोत्सव गर्न लागिएको हो ।

जिल्ला बाहिरबाट अतिथि आउने भएका कारण यसको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । रैथाने कोदो बालीको प्रवर्द्धन गर्नसके यसलाई जिल्ला बाहिर निकासी गरेर किसानलाई प्रत्यक्षरूपमा फाइदा पुग्नेछ । महोत्सवमा व्यापारिक कक्ष निर्माण गरेर कोदोका परिकारसमेत प्रदर्शनी गरिनेछ ।

यस्तै कोदोबाट १५ भन्दाबढी परिकार तयार पारिनुका साथै महोत्सवको वृत्तचित्रसमेत तयार पारिनेछ । सो महोत्सवमा चार जना कोदोखेती गर्ने किसानलाई पुरस्कृत गरिनेछ । हुम्लाका सातवटै गाउँपालिकामा एक हजार तीन सय ५० हेक्टर जमिनमा कोदो खेती गर्दा एक हजार पाँच सय ४० मेट्रिकटन उत्पादन हुने गरेको जनाइएको छ ।

यस्तै कोदो महोत्सवका लागि यहाँका स्थानीय तहले आर्थिक सहयोगसमेत गर्ने भएका छन् । सिमकोट गाउँपालिकाले रु दुई लाख, नाम्खा गाउँपालिकाले रु एक लाख र खार्पुनाथ गाउँपालिकाले रु एक लाख ५० हजार सहयोग गर्ने सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले जानकारी दिए । 

यस्तै एकीकृत अनुसन्धान विकास केन्द्र, गुडनेभर इन्टरनेश्नल, सीप नेपाल, आधार विकास नेपाललगायतका संस्थालेसमेत कोदो महोत्सवमा आर्थिक सहयोग गर्ने निमित्त कार्यालय प्रमुख शाहीले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  १ : १० बजे

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म