प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ « Khabarhub

प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पाँचखपन नगरपालिका-७ बिहिबारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय विष्णु कटुवाल रहेका छन् । 

पाँचखपन नगरपालिका-७ बिहिबारे बजारमा उनीहरूले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा प्रहरी कर्मचारी माथिनै हातपात तथा दुर्व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरेको हो ।

हातपात गर्दा घाइते भएका एक जना प्रहरी कर्मचारी बाना स्वास्थ्य चौकीमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ५ : ०८ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार