अनलाइनमार्फत ठगी धन्दामा संलग्न युवती पक्राउ « Khabarhub

अनलाइनमार्फत ठगी धन्दामा संलग्न युवती पक्राउ


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई काठमाडौंको टोखा नगरपालिका–६ बस्ने २८ वर्षीया ददिकी शेर्पा छिन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनले फेसबुक, ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सञ्जालको माध्यमबाट साथी बनाउने र उनीहरूको जिमेल आईडीमा फीफीए एमको यूआरएल लिंक पठाउने गरेकी थिइन्। त्यसपछि उक्त एप इन्टल गर्न लगाउने र बैंक खाता लगायतको बायोडाटा विवरण अपडेट गर्न लगाउने गरेकी थिइन्।

त्यसपछि उक्त एपबाट हुने आर्थिक कारोबार नेपालमा कानुन बमोजिम रहेको भनी विश्वास दिलाउने र अनलाइन जुवा (गेम्ब्लिङ) एप फीफीए एपबाट बेटिङ खेलाई ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

उनले विभिन्न देशहरुमा हुने फुटबल तथा क्रिकेटहरुको अनलाइन बेटिङ खेल्नका लागि  रकम डिपोजिट गर्न लगाउने र डिपोजिट गरेको ९० मिनेट भित्र लगानी गरेको रकममा १.४८ प्रतिशतका दरले फाइदा हुने बताउने गरेकी थिइन्। 

यसरी झुटा आश्वासन दिएर रकम जम्मा गर्न लगाएर उनले ११ लाख २७ हजार रुपैयाँ ठगी गरिसकेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ६ : ०१ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।