भोलि १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै | Khabarhub Khabarhub

भोलि १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु १० अर्बको पाँच वर्ष अवधिको विकास ऋणपत्र खुलाउने भएको छ । पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ञ’ बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाइनेछ ।

यही असोज ५ गते मध्याह्न साढे १२ बजेसम्म बोलकबोल हुने ऋणपत्र असोज ७ गते निष्कासन हुनेछ । पाँच वर्ष अवधिको यो ऋणपत्रको साँवा भुक्तानी २०८५ असोज ७ गते हुनेछ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको ‘कट–अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

घटीमा रु पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र रु एक अर्ब ५० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुने जनाइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ६ : २८ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका