चार किलो चरेससहित एक जना पक्राउ | Khabarhub Khabarhub

चार किलो चरेससहित एक जना पक्राउ


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा चार किलो चरेससहित एक जना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिकाको राजिपुर क्षेत्रबाट लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो।

बझाङको सुर्मा गाउँपालिका घर भइ राजिपुर  बस्दै आएका ४४ वर्षीय  सालिमान पुजारालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनको साथबाट ४ किलो ८ सय ग्राम चरेश र ५०० दरका ३७ नोट गरेर  १८ हजार पाँच सय भारतीय रुपैयाँ समेत बरामद गरिएको छ।

उनलाई लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। पुजारालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ६ : ३६ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन