चिनियाँ राजदूतको अभिव्यक्ति गैर कूटनीतिक : पूर्व प्रमुख चौधरी | Khabarhub Khabarhub

चिनियाँ राजदूतको अभिव्यक्ति गैर कूटनीतिक : पूर्व प्रमुख चौधरी


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हरिबाबु चौधरीले केही दिनअघि चिनियाँ राजदूत छोन सङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन् ।

राष्ट्रिय एकता अभियानले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘चीन सम्बन्धः गैर कूटनीतिक अभ्यास’ कार्यक्रममा बोल्दै उनले राजदूत छोनले कूटनीतिक मर्यादा मिचेको बताएका हुन् । गैर जिम्मेवार अभिव्यक्ति दिने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने उनको भनाई छ । चौधरी राष्ट्रिय अखण्डताको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।

यस्तै अभियानका अध्यक्ष विनय यादवले चिनियाँ राजदूतको गैर कूटनीतिक चहलपहल बढेको आरोप लगाएका छन् । नेपालको संस्कृति र धर्म नस्ट गर्न चीन लागिपरेको भन्दै यादवले नेपाललाई तिब्बतीकरण गर्ने चीनको योजनालाई असफल बनाउन एक जुट हुनुपर्ने बताए । उनले नेपाली भूमि चिनियाँ नयाँ नक्सामा समेटिएको भन्दै विरोध पनि जनाए ।

यता अभियानका वरिष्ठ नेता वीपी यादवले चिनियाँ राजदूतको अभिव्यक्तिले मित्र राष्ट्रहरुको सम्बन्धमा असर पार्ने बताए । राजदूतमाथि कारबाही प्रक्रिया अगाडी बढाउनु पर्ने उनको माग छ ।

यस्तै वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेलले चिनियाँ राजदूतले नेपाललाई युद्धमा धकेल्न खोजेको आरोप लगाए । भारत–चीनको युद्धमा नेपाललाई नमुछ्न उनले चेतावनी दिए ।

त्यस्ते विश्लेषक बुद्ध छिरिङ मोक्तानले चिनियाँ राजदूतको खुलेर विरोध गरे । प्राध्यापक विजय महासेठले नेपालमा चीन वा भारत कुनै पनि देशका विरुद्ध गतिविधि गर्न नहुने बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  १० : ०१ बजे

यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले

एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं- एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित भएको छ

पोखराबाट १७ वर्षीय किशोरले बस चोरेपछि…

पोखरा- पोखराबाट एक किशोरले बस चोरी गरेका छन् । पोखरा

अफगानिस्तानविरुद्ध नेपालका ओपनर अर्जुन कुमालको अर्धशतक

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध नेपालका ओपनर अर्जुन

पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीय गन्तव्य पहिचान

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी र पुनहिल भ्रमणमा