चिनियाँ राजदूतको अभिव्यक्ति गैर कूटनीतिक : पूर्व प्रमुख चौधरी « Khabarhub

चिनियाँ राजदूतको अभिव्यक्ति गैर कूटनीतिक : पूर्व प्रमुख चौधरी


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हरिबाबु चौधरीले केही दिनअघि चिनियाँ राजदूत छोन सङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन् ।

राष्ट्रिय एकता अभियानले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘चीन सम्बन्धः गैर कूटनीतिक अभ्यास’ कार्यक्रममा बोल्दै उनले राजदूत छोनले कूटनीतिक मर्यादा मिचेको बताएका हुन् । गैर जिम्मेवार अभिव्यक्ति दिने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने उनको भनाई छ । चौधरी राष्ट्रिय अखण्डताको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।

यस्तै अभियानका अध्यक्ष विनय यादवले चिनियाँ राजदूतको गैर कूटनीतिक चहलपहल बढेको आरोप लगाएका छन् । नेपालको संस्कृति र धर्म नस्ट गर्न चीन लागिपरेको भन्दै यादवले नेपाललाई तिब्बतीकरण गर्ने चीनको योजनालाई असफल बनाउन एक जुट हुनुपर्ने बताए । उनले नेपाली भूमि चिनियाँ नयाँ नक्सामा समेटिएको भन्दै विरोध पनि जनाए ।

यता अभियानका वरिष्ठ नेता वीपी यादवले चिनियाँ राजदूतको अभिव्यक्तिले मित्र राष्ट्रहरुको सम्बन्धमा असर पार्ने बताए । राजदूतमाथि कारबाही प्रक्रिया अगाडी बढाउनु पर्ने उनको माग छ ।

यस्तै वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेलले चिनियाँ राजदूतले नेपाललाई युद्धमा धकेल्न खोजेको आरोप लगाए । भारत–चीनको युद्धमा नेपाललाई नमुछ्न उनले चेतावनी दिए ।

त्यस्ते विश्लेषक बुद्ध छिरिङ मोक्तानले चिनियाँ राजदूतको खुलेर विरोध गरे । प्राध्यापक विजय महासेठले नेपालमा चीन वा भारत कुनै पनि देशका विरुद्ध गतिविधि गर्न नहुने बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  १० : ०१ बजे

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा