सर्वधर्ममा हुन्छ शक्ति पूजा | Khabarhub Khabarhub

सर्वधर्ममा हुन्छ शक्ति पूजा


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

आधाशक्तिको उपासना प्राचीन कालदेखि नै प्रचलित छ । भारत वर्षमा आर्य र द्रविड दुवै सभ्यतामा मातृपूजाशक्तिपूजा प्रचलित छ । इरानी, मिश्री, ईका, माया, एजटेक, बौद्ध आदि सभ्यतामा शक्तिपूजा व्यापक रहेको पाइन्छ ।

देवीको रुपमा युनानमा दीतिमारे, तिब्बतमा ‘लीमे’, मेक्सिको त्लानोल्टे ओल, अष्ट्रिया वेनस अफ बलोण्ड्राफ, मिश्र ईशीष, जापान मिकसिमोजिन आदि रुपमा शक्तिपूजा गरेको पाइन्छ । मोहन जोडपोमा भूदेवी र श्रीदेवीको प्रतिमा अंश शक्तिको रुपमा पूजा गरेको भेटिन्छ । मातृपूजाको विश्वव्यापी प्रवृत्ति आद्याशक्तिको मर्म साधनाद्वारा सम्झने एक विनम्र कोसिस मात्र हो यो ।

इसाको हजारौँ वर्ष पहिले विश्वासको लगभग हरेक प्रमुख सभ्यतामा शक्तिपूजाको प्रचलनलाई पुरातत्व बेत्ताले सर्वस्वीकृत तथ्य मानेको पाइन्छ । नेपालमा प्राचीनत कालमा निरन्तर पराशक्ति, जगज्जननी, जगदम्बा, दुर्गा माताको उपासना हुँदै आएको छ । इसाईहरुको उदयदेखि युरोपमा मातृपूजाको परम्परा प्रचलित भएको पाइन्छ । यसैगरी इस्लामको उदय पहिले नै काबामा देवी देवताहरुको मन्दिर पाइन्थ्यो । जसमा अलइज्जा, अलमनात जस्ता देवी मन्दिर पनि थिए । यस मन्दिरमा तत्कालीन अरबकी विदुषी र कवयित्री स्त्रीहरुको ठूलो संख्यामा सहभागिता थियो । यिनीहरूबीच पैगम्बर मोहम्मदको धैरै पटक शास्त्रार्थ भएको भेटिन्छ ।

नेपालमा बागदेवी, पृथ्वी, अदिति, सरस्वती, रात्रिदेवता, अरण्यदेवी, उषा, हरिसिद्धि, नक्साल भगवती, शोभा भगवती, गुह्येश्वरीजस्ता देवीरुप मानिन्छ  । भगवती दुर्गाको १०८ अलौकिक रुप विद्यमान भएको जनविश्वास गरिन्छ । ईश्वरको ममतामयी, करुणामयी शक्तिको नौ विशिष्ट रुपलाई नवदुर्गा भनिन्छ । ऋग्वेदमा देवी सुवत, उषा सुवत र रात्रि सुवत तथा सामवेदनमा रात्रि सुवत शक्तिको साधना पाइन्छ । कुरुक्षेत्रमा महाभारत युद्ध आरम्भ हुनुअघि भगवान श्रीकृष्णले युद्ध सफलताको कामना गर्दै दुर्गाको उपासना गरेका थिए । भगवान रामद्वारा दुर्गा उपासनाको वर्णन रामायणमा पाइन्छ । बौद्धधर्ममा मातृशक्तिको पूजा विविध रुपमा प्रचलित रहेको पाइन्छ । मत्स्यपुराण, अग्निपुराणमा दुर्गाको रुप र गुणको महिमा वर्णित छ ।

मार्कण्डेय पुराणमा दुर्गामहात्म्यको वर्णन रहेको छ । त्यसैलाई सप्तशतीको रुपमा अलग अलग पूजा, अर्चना गरिन्छ । यसै अनुसार ब्रह्माले मार्कण्डेय ऋषिलाई भनेका छन्– ‘देवीको पहिलो रुप शैलपुत्री, दोस्रो ब्रह्मचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कुष्माण्डा, पाँचौँ स्कन्दमाता, छैटौँ कात्यायनी, सातौँ कालरात्रि, आठौँ महागौरी र नवौँ सिद्धिदात्री । यी नौ रूपलाई नवदुर्गा भनिन्छ । यस अतिरिक्त जगदम्बाको विभिन्न नाममा जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधामध्ये महासरस्वती, महादुर्गा र महालक्ष्मी यी तीन आधाशक्ति नै प्रधान रूप मानिन्छ ।

महादुर्गाले आसुरभाव नष्ट गर्छिन् । अहङ्कारको नास गर्नुको साथै ज्ञानको तरबारले अज्ञानलाई काट्छिन् । महादुर्गाको आँखामा सदैव करुणा भाव झल्किन्छ । महासरस्वती विवेक, परमसत्वमयी, विद्या, साहित्य, संगीत र ज्ञानकी अधिष्ठात्री हुन् । महालक्ष्मी ऐश्वर्यकी देवी हुन् । पराशक्ति विभिन्न रुपमा विभक्त छन् । चामुण्डा, काली, वाराही, वैष्णवी, रौद्री, महेश्वरी, ब्रह्मी, अम्बिका, नरसिंही, चण्डिका, कौमारी आदि उनका प्रसिद्ध मातृरुप हुन् । काली, तारा, छिन्नमस्ता, धूमावती आदि विधा प्रसिद्ध छन् । नन्दा, रक्तदन्तिका, शाकम्भरी, दुर्गा, भीमा र भ्रामरी यी ६ प्रसिद्ध देवी मूर्तिहरु छन् । चतुर्भुज, अष्टभुजा, दशभुजाअष्टादशभुजा देवी रुपमा प्रसिद्ध छन् ।

माता दुर्गाको उत्पत्ति सम्बन्धमा शिव पुराणमा रुद्रसंहिता पाँचौँ अध्यायमा वर्णन गरिएको छ । जसअनुसार सृष्टि निर्माण समय आदिदेव शिवले लीला शक्तिबाट आफ्नो आकारको कल्पना गरेपछि पराशक्तिबाट आकार ग्रहण भयो । यही शक्ति अम्बिका कहलियो । यसैगरी उमा, पार्वती, शिवा, शैणसुता पनि भनिन थालियो । दुर्गा सप्तशतीअनुसार महिषासुरको वधका लागि सबै देवताहरूको शरीरबाट तेज पुञ्ज प्रकट भयो ।

सर्वप्रथम भगवान विष्णु, ब्रह्मा, शंकर एवं समस्त देवताबाट तेज प्रकट भयो । यी समस्त विराट तेज पुञ्ज एकत्रित भएर नारी रुपमा परिणत भयो । यही रूप महिषासुर–मर्दिनी देवी हुन् । प्रत्येक देवताले उनलाई अस्त्र शस्त्र प्रदान गरे । हिमालयले उनलाई सवारीको लागि सिंहलगायत थुप्रै रत्न समर्पित गरे । अनि तिनै जगदम्बाले असुरको विशाल सेनालाई क्षणभरमा नष्ट गरिन् ।

देवीको रुपमा सर्वत्र रहेकी जगदम्बा समस्त प्राणीहरूमा चेतना, बुद्धि, स्मृति, धृति, शक्ति, शान्ति क्षुधा, तृष्णा, दया र लक्ष्मीको रुपमा स्थित छिन् । यस्तो विविध रुपधारिणी शक्ति महासरस्वती, महालक्ष्मी र महाकालीको रुपमा प्रतिष्ठित छिन् । आश्विन शुक्लपक्ष  प्रतिपदाबाट नवमीसम्म र चैत शुक्ल प्रतिपदाबाट नवमीसम्म हरेक वर्ष दुईपटक नवरात्रिको आराधना गरिन्छ । यसरी नवदुर्गाको आराधना गर्दा उपासकलाई शक्ति, प्रज्ञा, ऐश्वर्य, श्री र तेज प्राप्त हुन्छ भन्ने विश्वास छ । 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ६ : ४९ बजे

‘नेतृत्व सचेत नभए अब सिस्टमबाहिरबाट नेतृत्व आउँछ’

हुन त अहिले हामीसँग संविधान छ, सरकार छ । हामी

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा– मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ

तपाईंलाई थाहा छ, कुन कपडा तातोपानीले धुनु हुँदैन ?

‍काठमाडौं– मौसम परिवर्तनसँगै जाडोयाम भित्रिसकेको छ। जाडोयाम छिप्पिँदै जाँदा पानी

ईशनाथ नगरपालिका –१ का वडाध्यक्ष साहको निधन

चन्द्रपुर– मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा

छुर्पीको गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौं– छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान