मुक्तक « Khabarhub

मुक्तक


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

मुक्तक–१
घरी दीन आउँछ घरी रात आउँछ, मलाई रुवाउन आउँछ ।
धौधौ बुनेको त्यही सानो सपना तुहाउन आउँछ।।

त्यो खुशी नाचिरहेछ नजिकै मलाई बैँस देखाएर ।
भाग्यमै छैन र त पो आँसुको दहमा नुहाउन आउँछ।। 

मुक्तक–२
थाहा छ म सोझो हुँदा तिमी जाल बनी आयौ ।
सहारा दिएँ र त तिमी काल बनी आयौ ।।

गलपासो रेटिँदा मेरो घाँटीमा पीडैपीडाको ।
बर्बादीको नाटक गर्न तिमी कंगाल बनेर आयौ ।।

मुक्तक–३
सबै मुग्लान पस्नै पर्ने, यो कस्तो देश बनायौ ।
चोर, साधु मिलि खाने यो कस्तो मेस बनायौ ।।

दिनदहाडै तस्करले देश लुट्छन् नेताले जनता लुट्छन् ।
बदनामको आवरणको यो कस्तो अवशेष बनायौ ।। 

मुक्तक–४
अँधेरीमा पर्खेर तिमीलाई यो तन गलेको छ ।
दियौ र त झुठो आस यो मन जलेको छ ।।

के भुल थियो र मेरो घरी सुल बनी घोचिरहन्छेउ ।
सुकाइ सारा बर्बाद बनायौ भएको बन जलेको छ।।

मुक्तक– ५

बिसाउने चौतारी नहुँदा ओरालिँदै झरेँ।
नेपाल फर्कन पाइनँ आमा इजरायलमै मरेँ।।
पल पल मन जल्छ सपनीमा सकियो केही रहेन ।
बिर्सन सकिन तिमीलाई आमा आँसुमै रुँदै मरेँ।।

चित्र थापा
भगवतीमाइ गाउँपालिका–७, दैलेख

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ७ : ५१ बजे

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज