भोजपुरको निशान भगवती मन्दिरमा १२ वर्षपछि निशान पुनःस्थापना « Khabarhub

भोजपुरको निशान भगवती मन्दिरमा १२ वर्षपछि निशान पुनःस्थापना


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको प्रसिद्ध निशान भगवती मन्दिरमा १२ वर्षपछि निशान पुनःस्थापना गरिएको छ । नेपाली सेनाले जीर्ण बनेको मन्दिरको पुनर्निर्माणपश्चात निशान स्थापना गरेको हो ।

भोजपुरको इतिहास बोकेको निशान भवगती मन्दिरको गत वर्ष नेपाली सेनाले पुनर्निर्माण गरेको थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा वि.सं. १८२६ सालमा स्थापना गरेको मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको थियो । जीर्णोद्धारपश्चात मन्दिरमा निशान पुनःस्थापना गरिएको हो ।

मन्दिरमा निशान पुनःस्थापना गर्दै नेपाली सेनाका पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी आशबहादुर तामाङले सेनाले पौराणिक र इतिहास बोकेका ठाउँको संरक्षण गर्दै लैजाने नीतिअनुसार मन्दिरको संरक्षणसँगै निशानको पुनःस्थापना गरिएको बताए । सेनाले धार्मिक, सांस्कृतिक तथा गढीहरूको संरक्षणको क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ ।

इतिहास बोकेको मन्दिरको संरक्षणसँगै निशान पुनःस्थापना गरिएपछि स्थानीयवासी उत्साहित भएका छन् । मन्दिरको पुनःस्थापनाले भोजपुरको इतिहासलाई जोगाउन सहयोग पुग्ने स्थानीयवासी विनम श्रेष्ठले बताए ।

गरुडदल गुल्म रहँदासम्म यहाँ भव्यरूपमा पूजाआजा हुने गरे पनि गुल्म स्थानान्तरण भएपछि पराम्परा लोप हुँदै आएको स्थानीयवासीको भनाइ छ ।

विसं २०३९ मा यहाँबाट गुल्म स्थानान्तरण भएको थियो । गुल्म स्थानान्तरण भएसँगै आफ्नो निशान लगेपछि क्रमिकरूपमा यो चलन लोप हुँदै गएको स्थानीय जानकार जीवन श्रेष्ठले बताए । पुनः निशान भगवतीको स्थापनापछि इतिहासलाई जोगाउन सहयोग पुगेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १० : ५७ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६