खसीबोका बिक्री भएनन् « Khabarhub

खसीबोका बिक्री भएनन्


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन् ।

परशुराम नगरपालिका–८ जोगबुढाका किसान खसीबोका बिक्री गर्न दुई दिन पैदल हिँडेर महेन्द्रनगर झरेका छन् । बाख्रापालन गरेर जीविकोर्पाजन गर्दै आएका उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको छ । 

‘केही वर्षयता खसीबोकाको व्यापार हुनसकेको छैन, विगतका दसैँमा सजिलै घरखर्च चलाउँथ्यौँ’, जोगबुढाका किसान जिते धामीले भने, ‘आम्दानीको स्रोत बाख्रापालन हो, बिक्री नहुँदा अब घरखर्च चलाउनै मुस्किल होलाजस्तो छ ।’

चाडबाडमा खसीबोका बिक्री नहुनुका साथै बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । भारतबाट आयात हुने खसीबोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको धामीको भनाइ छ । 

‘भारतबाट सहजै खसीबोका आउँछन्, नेपाली बजारमा तिनै खसीबोका बेचिन्छन्’, उनले भने, ‘बजारको उचित व्यवस्थापन नहुँदा खसीबोका बेच्न सकस छ, कोही किन्न आइहाले पनि मोलमोलाइ बढी गर्छन्, मोल नै पाउँदैनौँ ।’

गत असोज ३० गते उनले १३ खसीबोका बिक्रीका लागि महेन्द्रनगर लगेका थिए । तीमध्ये तीन दिनसम्म दुईवटा खसीमात्रै बिक्री भएको धामीको भनाइ छ । 

बाख्रापालन गरेर जीवन धानेका डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसीबोका बेच्न तराई झर्ने गर्दछन् । गाउँबाट उधारोमा सङ्कलन गरेर ल्याएका खसीबोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको देव धामीको भनाइ छ । 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १२ : १७ बजे

मधेसका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही– सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेसका ४०३ परिवार लाभान्वित

यथास्थितिमा एमाले चल्न सक्दैन, नयाँ नेतृत्व आउनुपर्छ : गोकुल बास्कोटा

काठमाडौं– सुरूमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र पूर्वपत्रकार

विशेष महाधिवेशन पक्षधर कांग्रेसी नेता भन्छन्– मिति सार्ने षडयन्त्र नगरियोस्

काठमाडौं– महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने

पहिलो पटक चल्यो सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ, चितवनविरुद्ध प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

अफगानिस्तानमा मानवीय सहायता प्रवाहको लागि अस्थाई अनुमति दिन पाकिस्तान तयारी

एजेन्सी– पाकिस्तानले अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय राहत आपूर्तिलाई अस्थायी अनुमति दिने