प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या « Khabarhub

प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर- दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि उक्त अस्पताल २०७२ सालदेखि एम्बुलेन्सविहीन भएको हो । एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । 

निजी एम्बुलेन्सले महँगो शुल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको सेवाग्राही टेकराज भण्डारीले बताए।

अस्पतालको रा १ झ ११३ नं को एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीले बताए । पटक–पटक बिग्रिने र बनाउँदा पाँच-सात लाख खर्च हुने भएकाले पनि उक्त एम्बुलेन्सलाई थन्काएर राख्नु परेको उनको भनाइ छ । 

‘पटक–पटक बिग्रिरहन्छ, एम्बुलेन्सको मूल्यभन्दा बढी मर्मतमै खर्च हुने देखियो’, उनले भने, ‘त्यसैले पनि हामीले अहिले यसलाई थन्काएर राख्नुपर्ने अवस्था आएको छ ।’

यसलाई अवधि पुगेमा लिलामी गर्नेतर्फ आफूहरूले ध्यान दिएको अस्पतालका स्टोर प्रमुख रेश्मीराज अधिकारीले बताए। ‘अन्य संस्थाहरुका एम्बुलेन्स पनि पर्याप्त छन्’, सुपरिटेन्डेन्ड डा अधिकारीले भने , ‘त्यसैले पनि हामीले बनाउनुभन्दा अवधि पुगेमा लिलामी गर्नेतर्फ ध्यान दिएका छौँ ।’ २०६६ सालमा उक्त एम्बुलेन्स खरिद गरिएको थियो ।  

यसलाई अवधि पुगेमा लिलामी गर्नेतर्फ आफूहरूले ध्यान दिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बताए । सुपरिटेन्डेन्ट डा अधिकारीका अनुसार सबै ठाउँबाट एम्बुलेन्सको विवरण माग गरेको छ भने विवरण आएमा चल्न सक्नेलाई मर्मत गरेर सञ्चालन गर्ने र नचल्नेलाई लिलामी गर्नतर्फ प्रदेश सरकार अघि बढेको छ। 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १ : ३२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्