गल्फ काउन्सिल र आसियानबीच गाजा घटना बारे छलफल « Khabarhub

गल्फ काउन्सिल र आसियानबीच गाजा घटना बारे छलफल


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रियाद– खाडी सहयोग परिषद् र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का नेताहरूले शुक्रबार गाजामा भएको पछिल्लो घटनाक्रमको समीक्षा गरेका छन् । साउदीको राजधानी रियादमा आयोजित पहिलो  सो संयुक्त शिखर सम्मेलनका क्रममा सहभागीहरूले मध्य पूर्वमा विकसित पछिल्लो घटनाक्रम बारे विचार आदानप्रदान गर्दै गम्भीर चिन्ता व्यक्त गरेको साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ।

सहभागी नेताहरूले नागरिकहरू विरुद्ध भएका सबै प्रकारका आक्रमणहरूको निन्दा गर्दै गाजामा मानवीय सहायता, राहत सामग्री र अन्य आवश्यकतामा नागरिकहरूको प्रभावकारी पहुँच सुनिश्चित गर्न र गाजामा विद्युत, पानी र सबै किसिमका अत्यावश्यक सेवाहरू पुनः सञ्चालनमा ल्याउन पहल गर्न सबै सम्बन्धित पक्षहरूलाई अपिल गर्दै दिगो युद्धविरामको आह्वान गरेका छन् ।

शिखर सम्मेलनले द्वन्द्वरत पक्षहरूलाई नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई लक्षित नगर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न आह्वान गरेको छ। सम्मेलन बन्दीहरूको तत्काल र निःशर्त रिहा गर्न पनि आग्रह गरेको छ । शिखर सम्मेलनले अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव अनुसार  समस्याको समाधानका लागि प्रयासमा जोड दिएको छ।

साउदी राजा सलमान बिन अब्दुलअजीज अल साउदको निमन्त्रणामा भएको शिखर सम्मेलनले दुई संगठन बीचको सहयोगको समीक्षा र क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरू बारे विचार आदानप्रदान पनि गरेको थियो।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  २ : ३० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर