केन्याको उत्तरपश्चिममा भागदौड हुँदा चार जनाको मृत्यु | Khabarhub Khabarhub

केन्याको उत्तरपश्चिममा भागदौड हुँदा चार जनाको मृत्यु


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

केरिचो यस वर्षको हिरोज डे मनाउने स्थल केरिचो काउन्टीस्थित रङ्गशालामा शुक्रबार भागदौड हुँदा कम्तीमा चार जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् ।

राष्ट्रपति विलियम रुटोको नेतृत्वमा हुने राष्ट्रिय उत्सवको लागि स्टेडियमका गेट सर्वसाधारणका लागि खोल्नुअघि शुक्रबार बिहानै सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उत्तरपश्चिमी केन्याको केरिचोमा जारी गरिएको सुरक्षा प्रतिवेदनअनुसार चिया बिक्रेताले खुला आगोमा चिया पोखेपछि आतंक मच्चिएर घटना घटेको जनाएको छ ।

“रङ्गशालाबाहिर चिया बेच्दै आएकी एकजना महिलाले सार्वजनिक सडकको गेट नजिकैको आगोमा अचानक तातो चिया खसाल्दा भागदौड मच्चियो जसका कारण सर्वसाधारण आत्तिए र उनीहरूमाथि अश्रुग्यास प्रहार भयो’ प्रतिवेदनमा उल्लेख छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ४ : ४१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’