जनकपुरको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइयो « Khabarhub

जनकपुरको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइयो


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– जनकपुरधामको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ । दसैँको सातौँ दिन शनिबार राजा जनककी कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरसहितका शक्तिपीठमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सलामीका साथ फूलपाती भित्र्याइएको हो ।  

मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनको समूहले शक्तिपीठ नजिक रहेका बेलको रूखमुनि गएर हिन्दु परम्पराअनुसार पूजा पाठ गरेका थिए ।

नवरात्र प्रारम्भ भएदेखि नै यहाँका प्रमुख शक्तिपीठ बौद्धिमाइ, अमरखाना माइ, भगवती मन्दिर, सोनासतिलगायत अन्य शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।  

राजदेवी मन्दिर परिसरमा विशेष मेला पनि लागेको छ । दसैँ मेला यहाँ गाउँ गाउँबाट मानिस आएका छन् । मेलामा अवाञ्छित गतिविधि हुन नदिन पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ । 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ६ : ४३ बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल