हार्दिक पाण्डेयाले न्युजिल्यान्डविरुद्धको खेल गुमाउने « Khabarhub

हार्दिक पाण्डेयाले न्युजिल्यान्डविरुद्धको खेल गुमाउने


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय टोलीका अलराउन्डर हार्दिक पाण्डेयाले जारी आईसीसी एकदिवसीय विश्वकपको न्युजिल्यान्डविरुद्धको खेल खेल्न नसक्ने भएका छन् । जारी विश्वकपमा न्युजिल्यान्ड र भारतबिचको खेल आइतबार धर्मशालामा खेलिने छ ।

३० वर्षीया हार्दिक बंगलादेशविरुद्ध बिहीबार खेलिएको खेलका क्रममा घाइते भएका थिए । उनको बायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेको छ । उक्त खेलमा भारतले बंगलादेशलाई हराएको थियो ।

‘चोटका कारण हार्दिक पाण्डेया न्युजिल्यान्डविरुद्धको खेलमा उपस्थित हुने छैनन् । इङ्ल्यान्डविरुद्धको खेलमा भने उनी टोलीमा फर्कने सम्भावना छ । हाल उनी चिकित्सकको निगरानीमा छन्,’ बीसीसीआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बंगलादेशविरुद्धको खेलको नवौँ ओभरमा फिल्डिङ गर्ने क्रममा हार्दिक घाइते भएका थिए ।

हार्दिक पाण्डेयाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ८४ विकेट लिइसकेका छन् । उनले टेस्टमा १७ र टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७३ विकेट लिएका छन् । यसका अतिरिक्त उनले एकदिवसीय खेलमा एक हजार सात सय ६९ रन बनाएका छन् ।

स्रोत : एएनआई

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : १९ बजे

महाकवि देवकोटाको जन्मजयन्तीमा दुई जना सम्मानित

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

झापा– ‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

बाजुरा– तिहार पर्वको सार्वजनिक बिदाको समयमा पनि बाजुरा जिल्ला अदालत

डोल्पा कारागारबाट भागेका ६ कैदीबन्दी पक्राउ

कर्णाली– जिल्ला कारागार डोल्पाबाट फरार भएका ८ मध्ये ६ जना

आज कर्णाली र पोखरा तथा चितवन र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई