बागलुङका पर्यटकीस्थलमा पर्यटकको चहलपहल « Khabarhub

बागलुङका पर्यटकीस्थलमा पर्यटकको चहलपहल


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बागलुङ – चाडबाड सुरु भएसँगै बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । वर्षा याममा सुनसान बनेका पर्यटकीय क्षेत्रमा दसैँ सुरु भएपछि पर्यटकको चहलपहल बढेको हो ।

यो समयमा मानिसको फुर्सद हुँदा घुमफिरमा निस्किएको पाइन्छ । बागलुङको मुख्य धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा घटस्थापनाका दिनदेखि नै झक्तजनको घुइँचो लागेको थियो । दशमीसम्म यहाँ आउने भक्तजनको भीड नै लाग्ने गर्छ ।

बागलुङ कालिका मन्दिरसँगै नेपालको सबैभन्दा लामो बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने झोलुङ्गे पुल, पञ्चकोट, शालीग्राम सङ्ग्रहालय, ढोरपाटनलगायत गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ ।

नेपालको एकमात्रै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पनि यो समयमा धेरै बाह्य पर्यटक आएको स्थानीय निमबहादुर घर्तीले बताए । अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै पर्यटक भित्रिएका उनी बताउँ छन् । ढोरपाटनमा पर्यटकका लागि आवास र भोजनको उचित व्यवस्थापन हुन थालेपछि पाहुँना बढ्दै गएका हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १० : ०५ बजे

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

गुल्मी- स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की

प्रधानमन्त्रीलाई भेटेलगत्तै सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ

कांग्रेसको विवाद चर्किँदै : देउवा पक्षले भन्यो, ‘असोज ३ देखि हुने महाधिवेशनमा सहभागी नहुनू’

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप