विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा, पीडित अझै न्याय पाउने प्रतीक्षामा « Khabarhub

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा, पीडित अझै न्याय पाउने प्रतीक्षामा


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा माओवादीले चलाएको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १७ वर्ष पूरा भएको छ ।

विक्रम सम्वत २०५२ साल फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो ।

शान्ति सम्झौतापछि देशमा राजनीतिक परिवर्तन भयो । हतियार व्यवस्थापन तथा तत्कालीन माओवादीका लडाकु व्यवस्थापनजस्ता महत्वपूर्ण काम पूरा भयो तर यतिका वर्षसम्म पनि द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।

शान्ति सम्झौताअनुरुप नै दुवै पक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्यले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको २०७१ माघ २७ गते गठन गर्‍याे ।

सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि २०७१ साल माघ २७ गते दोषीलाई कारबाही गर्ने उद्देश्यले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरिएको भए पनि सङ्क्रमणकालीन न्यायको काम अझै पूरा हुन सकेको छैन ।

यी दुवै आयोग विसं २०७९ साउन १ गतेदेखि पदाधिकारीविहीन छन् । सत्यनिरूपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार ७१८ उजुरी दर्ता भएका छन् । यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजार २४३ उजुरीमध्ये २३७ उजुरी सत्यनिरूपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको छ ।

आयोगले दुई हजार ४९६ उजुरीमा विस्तृत छानबिन गरिरहेको छ । उजुरीका आधारमा दुई हजार ५१३ व्यक्ति बेपत्ता पारिएको भनी आयोगको तथ्याङ्कमा उल्लेख छ । 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ४९ बजे

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौं– सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मंगलबार राति भएको

एनपीएल सिजन २ : यस्तो रह्यो ८ कप्तानको प्रदर्शन

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणमा सबै ८

नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा

च्याङ्ग्रे पोखरी–पञ्चकन्या क्षेत्रको विकासमा समुदायबाट पनि सहयोग जुट्दै

भोजपुर– पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर