रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ | Khabarhub Khabarhub

रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ परेका छन् ।

चीनबाट नेपाल आइरहेका उनीहरूलाई १३ लाखभन्दा बढी मूल्य बराबरका अवैध सुनका गहनासहित इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १२ तोलाको एक/एक थान बेरुवा औंठी बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सुनको बजार मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका–५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका–३ ब्रिदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १० : ४५ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार