रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ « Khabarhub

रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ परेका छन् ।

चीनबाट नेपाल आइरहेका उनीहरूलाई १३ लाखभन्दा बढी मूल्य बराबरका अवैध सुनका गहनासहित इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १२ तोलाको एक/एक थान बेरुवा औंठी बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सुनको बजार मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका–५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका–३ ब्रिदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १० : ४५ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न