टिकटक बन्द गर्ने निर्णयविरुद्ध रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा « Khabarhub

टिकटक बन्द गर्ने निर्णयविरुद्ध रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हाे । यसअघि हिजो न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको थियो ।

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले उत्प्रेषणको आदेशबाट सरकारको निर्णय बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए ।

सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको समेत रिटमा उल्लेख गरिएको छ ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ११ : २० बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४