रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी « Khabarhub

रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन  थालेपछि प्रहरीले सूक्ष्म निगरानी बढाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरुङबाट बेरुवा औँठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीन जना पक्राउ परेका थिए । यसपछि  प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेको हो ।

रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरुङ आवत जावत गर्न पाउँछन् । केरुङमा सुन पसलको कारोबार गरिरहेका व्यापारीमार्फत गहनाका रूपमा अवैध कारोबार भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।

केरुङ आवतजावतका लागि पास पाएका स्थानीयले अवैधरूपमा कुनै पनि सामग्री ल्याउन नपाउँदैनन् ।  राहदानीमार्फत आएका महिलाले ५० ग्राम एवं पुरूषले  २५ मात्र सुन ल्याउन पाउने प्रावधान रहेको बताइएको छ ।

केरुङबाट सुनको औँठी ल्याई अवैध कारोबारमा संलग्न भएको आरोपमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–१ हाकु निवासी सिनेवाङ्दी तामाङ,   आमाछोदिङ्मा –४ गोल्जुङकी लक्ष्मी तामाङ एवं  आमाछोदिङ्मा –५ चिलिमेकी ल्हाक्पावुटी तमाङ पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट १४ लाख ९१ हजार छ सय २८ बराबरको  १२ तोला ९१ लालबाट तयार भएका पाँच बेरुवा सुनका औँठी जफत गरिएको थियो ।

उनीहरूलाई रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिनुभयो । सशस्त्र प्रहरीबललाई चौकी स्थापना गर्ने जग्गा उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयले स्वीकृत नदिँदा नाकथलीमा चौकी स्थापना हुन सकेको छैन ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ११ : ३३ बजे

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा मेसीसँगै एमबाप्पे शीर्ष स्थानमा

काठमाडौँ – फ्रान्सेली कप्तान किलियन एमबाप्पे चालु विश्वकपमा सर्वाधिक गोल