माइतीघरमा निषेधपछि स्थायी धर्ना बस्ने प्रभावित, टिकटकरहरु कहाँ पुगे ? « Khabarhub

माइतीघरमा निषेधपछि स्थायी धर्ना बस्ने प्रभावित, टिकटकरहरु कहाँ पुगे ?


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर-बानेश्वरमा सडकखण्डमा रोक लगाएपछि माइतीघरलाई स्थायी अखडा बनाएकाहरु प्रभावित बनेका छन् । साथै टिकटकरहरुको प्रदर्शनका कार्यक्रम पनि अन्योलमा परेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार आरती शाहको न्यायका लागि माइतीघरमा धर्ना बसेका उनका आफन्तलाई भने रत्नपार्कस्थित शान्तिबाटीकामा सारिएको छ । अन्यले भने प्रदर्शन र धर्नाका लागि जिल्ला प्रशासनसँग समन्वय नगरेको उनको दाबी छ ।

बस्नेतले खबरहबसँग भने, ‘उहाँको धर्ना निषेधले प्रभावित नहोस् भनेर हामी शान्तिबाटीकामा व्यवस्थापन गरेका छौं । त्यहाँ माइतीघरको भन्दा उपयुक्त प्रबन्ध मिलाएका छौं ।’

आरती शाहको परिवार असार १ गतेदेखि माइतीघरमा चौबीसै घण्टा धर्ना बस्दै आएको थियो । टिकटक प्रतिबन्ध फुकुवा नभएसम्म सरकारलाई दबाब दिन माइतीघरमा निरन्तर प्रदर्शनको घोषणा गरेका टिकटकरहरुले आजको कार्यक्रम रोकेका छन् । आन्दोलनको नेतृत्व गरिरहेका टिकटकर मनोज खत्रीका अनुसार उनीहरु आजै बैठक गरेर नयाँ स्थान तोक्ने तयारीमा छन् ।

प्रशासनले मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंको राजतन्त्र पुनःस्थापनाका लागि शक्ति प्रदर्शन र वर्तमान व्यवस्थाको रक्षाका लागि युवा संघले एकैदिन प्रदर्शनको घोषणा गरेपछि दुर्घटना हुन सक्ने भन्दै सो क्षेत्रमा एक महिना प्रदर्शन गर्न रोक लगाएइएको छ । दैनिकजसो प्रदर्शन र धर्ना हुने सो क्षेत्रमा निषेधले पीडितहरु प्रभावित भएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १२ : ४० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन