लागूऔषधसहित तीनजना पक्राउ « Khabarhub

लागूऔषधसहित तीनजना पक्राउ


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।  मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय मन कुमार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कैलालीको  धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी शिव मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

पर्साको वीरगंज महानगरपालिका-८ घण्टाघरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम, नगद ८ हजार रूपैयाँ, मोबाइल १ थानसहित भारत मोतिहारी थाना नकरदेई बिर्ता बस्ने २५ वर्षीय जादु लाल कुमार यादवलाई  प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले साइकलयात्री यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : ५८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी