कानूनको अभावमा जनताको मौलिक हक अधिकार स्थापित भएन : देउवा | Khabarhub Khabarhub

कानूनको अभावमा जनताको मौलिक हक अधिकार स्थापित भएन : देउवा


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कानूनको अभावमा जनताको मौलिक हक अधिकार पूर्ण रुपमा स्थापित हुन नसकेको बताएका छन् । 

नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए नेपाल)को ३४ औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा नागरिकको हक अधिकारको कुरा राखिएपनि कानूनको अभावमा उक्त हक अधिकार पूर्ण रुपमा स्थापित हुन नसकेको बताएका हुन् । उनले संविधानमा उल्लेख नागरिकको हक अधिकार स्थापित गर्नका लागि आवश्यक कानून बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राखे ।

देउवाले अहिलेको व्यवस्थामाथि केहीले प्रश्न गर्न थालेको भन्दै सबै मिलेर यसको उचित जवाफ दिनुपर्ने जिकिर गरे । संविधानको रक्षा र परिवर्तनका साथै व्यवस्थामाथिको भ्रम चिर्न वकिलहरूले पनि आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्ने उनले बताए ।

सभापति देउवाले समयमा नै फैसला नहुने सर्वोच्चको अवस्थालाई अन्त्य गरि छिटो छरितो फैसला हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । उनले सुशासन र विधिको शासन स्थापित गर्न स्वच्छ निष्पक्ष न्यायपालिका आवश्यक हुने बताएका छन् । कार्यक्रममा डिएलए नेपाल आवद्ध वकिलहरुलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ५ : ५५ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि