देशलाई समृद्धिको मार्गमा एमालेले डोर्‍याउने दाबी « Khabarhub

देशलाई समृद्धिको मार्गमा एमालेले डोर्‍याउने दाबी


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको बताएका छन्। 

नेकपा एमाले पर्साद्वारा आज पोखरियामा आयोजित जनसभामा अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन आफ्नो पार्टीको एकल सरकार अपरिहार्य भएको बताए। 

आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत प्राप्त हुनेगरी आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक काम गर्न नेता ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए। केही वर्षअघि तराई मधेसका जिल्लामा सञ्चालन गरिएको ‘मेची–महाकाली यात्रा’जस्तै जागरण अभियान यही मङ्सिर १४ गतेदेखि महाकालीबाट सञ्चालन गरिने बताए। 

तराईमधेस बहुप्रतिक्षित हुलाकी सडक, मदनभण्डारी लोकमार्ग, पूर्वपश्चिम लोकमार्ग स्तरोन्नति, जनता आवास कार्यक्रम तथा राष्ट्रिय गौरवका आयोजना एमाले नेतृत्वको सरकारले ल्याएको अध्यक्ष ओलीले दाबी गरे । 

पार्टी सचिव एवं मधेस प्रदेश प्रमुख योगेश भट्टराई, कोशी प्रदेश प्रमुख रघुवीर महासेठले देशलाई विकासको बाटोमा अघि बढाउन नेकपा एमाले क्रियाशील रहेको बताएका छन्। त्यस अवसरमा जनता समाजवादी पार्टी परित्याग गरेका पूर्वसांसद हरिनारायण रौनियारलगायत नेता कार्यकर्तालाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराए ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : २० बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ