भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले स्वयंसेवक टोली पठाउने « Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले स्वयंसेवक टोली पठाउने


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गर्न स्वयंसेवक टोली त्यसतर्फ पठाउने भएको छ ।

महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवं भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले सो सम्बन्धमा निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् ।

बैठकले अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग पुर्‍याउने उद्देश्यले एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १०-१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय गरेको छ ।

ती समूहले एक हप्ता काम गरिसकेपछि क्रमिकरूपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिने उनले बताए। श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्न प्रजातन्त्रवादी चिकित्सक सङ्घका चिकित्सक परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

त्यस्तै प्रभावित क्षेत्रमा पठन–पाठन सञ्चालन गर्न आवश्यक भौतिक तथा अन्य बन्दोबस्त मिलाउन नेपाल शिक्षक सङ्घले सामूहिकरूपमा कार्य गर्नेछ । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र चाँडै नै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने छ ।

नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यसमितिले भूकम्प प्रभावित क्षेत्रका अतिविपन्न तथा जिविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार तथा श्रमिकको पुनःस्थापनासम्बन्धी अध्ययन गरी आवश्यक साधन स्रोत उपलब्ध गराई सहयोग पुर्‍याउने बैठकको निर्णय छ ।

भूकम्प प्रभावित क्षेत्रका अस्थायी घर टहरा निर्माणमा श्रमदान गर्न जाने व्यक्ति र समूहले गर्ने काम कर्तव्य र कार्य क्षेत्रबारे बैठकमा आएका सुझावका आधारमा तयार गरिएको कार्यविधि पारित गरिएको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ३३ बजे

‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु

पर्वत– पर्वतको मोदी गाउँपालिकामा पहिलोपटक बोरिङमार्फत लिफ्ट खानेपानी आयोजना सुरु

विद्यार्थी र कर्मचारीका दलीय संगठन कुनै पनि हालतमा तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका

यूएईविरुद्ध नेपालले गुमायो तेस्रो विकेट, कुशल भुर्तेल रन आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

भूपदेव शाह बने रास्वपा महामन्त्री, बालेन पक्षका अन्य नेतालाई पनि नयाँ जिम्मेवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाह लाई महामन्त्रीमा

अनुशासन समितिले भन्यो- पूर्णबहादुरले स्पष्टीकरण नदिने कुरा भएको छैन, समय अझै बाँकी छ

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण फिर्ताको